सर्लाही, ६ चैत–सर्लाहीमा डाका पक्राउ गर्न प्रहरीले गोली चलाएको छ । गए राति साढे ९ बजे बरहथवामा गोली चलाएर दुई जना डाकालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । भारत मोतिहारी घर भएका जितेन्द्र राउत प्रहरीको गोली लागेर घाइते भएका छन् ।

उनको वायाँ खुट्टाको घुँडामा गोली लागेको छ । सर्लाही प्रहरीका अनुसार खतरामुक्त अवस्थामा उनको उपचार भइरहेको छ । मलंगवास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

राउतसँगै मोटरसाइकलमा सवार अर्का एक जना पक्राउ परेका छन् । आरोपीहरूविरुद्ध अपहरण र शरीर बन्धक कसुरमा एक दर्जन मुद्दा रहेको प्रहरीले जनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *