शेखर कोइराला

काठमाडौं, १० चैत–नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले गृहमन्त्री रवि लामिछानेलाई नैतिकताको आधारमा एक मिनेट पनि पदमा बस्ने छुट नभएको बताएका छन्। सडकदेखि संसदसम्म चौतर्फी विरोध भइरहँदा पनि लामिछाने पदमा बसिरहनुको पछाडि केही रहस्य त लुकेको छैन भन्ने प्रश्न उठेको कोइराला बताए।

ूतत्कालका लागि राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्दै यसको टुंगो लाग्यो र उहाँ निर्दोष साबित हुनुभयो भने फेरि मन्त्री भए भइहाल्योू कोइरालाले भने।​काठमाडौंको मध्ये बानेश्वरका पार्टीका स्थानीय कार्यकर्ताहरुसँगको भेटघाट कार्यक्रममा उनले सत्ता गठबन्धनले यति ठूलो बदमासी गरिहँदा पनि काठमाडौका चेतनशील मानिसहरु चुपचाप बसिरहँदा अचम्म लागेको बताए।

हरेक परिवर्तनमा काठमाडौंवासीको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै कोइरालाले अबका दिनमा पनि उहाँहरुको निरन्तर खबरदारीको आवश्यकता रहेको बताए।

स्थानीय कार्यकर्ताहरुले पार्टीमा चाकडीप्रथा हावी भएको, सरकारमा सहभागी हुँदा कांग्रेसका मन्त्रीहरुले जनताको भावनाअनुसार काम गर्न नसकेको र लामो समय पार्टी एकै व्यक्तिको हातमा भएकाले कांग्रेस कमजोर भएको जस्ता गुनासाहरू राखेका थिए।

भेटघाट कार्यक्रममा बागमती प्रदेशसभा सांसद सुरज लामिछाने, काठमाडौ(१ का क्षेत्रीय सभापति रवि विक्रम राणा, नेपाल संस्कृत विश्व विध्यालयका पूर्वउपकुलपति प्राडा कुलप्रसाद कोइराला, वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, श्रीहरि अर्याल, वरिष्ठ पत्रकार हरिहर विरही लगायतको समेत सहभागिता थियो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *