महामन्त्री विश्वप्रकाश शर्मा

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीति सुधार गर्छु भन्ने दलले नै आरोपित व्यक्तिलाई अनुसन्धान गर्ने निकायको नेतृत्वमा पठाउँदा आम जनतामा शंका उत्पन्न भएको बताएका छन् । उनले संसद्मा उपप्रधानमन्त्री एवम् गृहमन्त्रीको राजीनामा माग्ने पार्टीको संस्थागत निर्णय नभएको उल्लेख गरे ।

शनिबार कांग्रेस केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री केशवकुमार बुढाथोकीको ४५औँ पुण्यतिथिमा कांग्रेस झापा–काठमाडौँ सम्पर्क समितिले गरेको ‘श्रद्धाञ्जली सभा’मा महामन्त्री शर्माले गठबन्धन परिवर्तन हुँदा राजनीतिक संकट निम्तियो भनेर आत्तिन नहुने बताए ।

महामन्त्री शर्माले झापा जिल्लामा कांग्रेसको राजनीतिलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्ने आवश्यकता रहेको समेत बताए । ुझापामा बुढाथोकीको जनस्तरमा राम्रो सम्बन्ध थियो, उहाँमा सबैलाई समेटेर लैजाने क्षमता थियो, जसका कारण विस २०६४ सालको संविधानसभा निर्वाचनमा झापाका सबै क्षेत्रमा कांग्रेस पराजित हुँदा पनि उहाँ विजयी हुनुभएको थियो, उनले भने ।

कांग्रेस केन्द्रीय सदस्य महेन्द्र सुब्बा लिम्बुले स्वर्गीय बुढाथोकी झापामात्र नभई सिङ्गो मुलुकको नेता भएको बताइन् । उनले बुढाथोकीको योगदानलाई अगाडि बढाउन झापा कांग्रेस र सिङ्गो पार्टी लाग्नुपर्ने उल्लेख गरिन् ।

कांग्रेस इलामका सभापति डम्बर खड्काले बुढाथोकी विकासप्रेमी र निडर नेता भएको बताए । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कज विक्रम नेम्वाङले बुढाथोकीमा कसैलाई अन्याय भएको देख्न नसक्ने विशेषता भएको व्यक्तिका रुपमा स्मरण गरे ।

नेपाली कांग्रेस झापा–काठमाडौँ सम्पर्क समितिका सभापति दीपक उप्रेतीले बुढाथोकी झापामात्र नभई मुलुककै अभिभावक भएको बताए । विस २००१ मा जन्मिएका बुढाथोकीको विस २०८० माघ २२ गते ७९ वर्षको उमेरमा निधन भएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *