काठमाडौं, ११ चैत–निर्वाचन आयोगले पाँच राजनीतिक दलको नाम परिवर्तन गरेको छ।

आयोगले नेपाल दलित पार्टी, ताम्सालिङ लोकतान्त्रिक पार्टी, किरात खम्बुवान साझा पार्टी, नेपाल सुकुम्बासी पार्टी, लोकतान्त्रिक र आमूल परिवर्तन मसिहा पार्टीले दिएको निवेदन अनुसार प्रस्तावित नाम स्वीकृत गरेको हो ।

गत बिहीबार बसेको आयोगका पदाधिकारीको बैठकले अनुसार ताम्सालिङ लोकतान्त्रिक पार्टीको नाम ‘जनप्रिय लोकतान्त्रिक पार्टी’, नेपाल सुकुमवासी पार्टीको नाम ‘नेपाल जनता संरक्षण पार्टी’ तथा आमूल परिवर्तन मसिहा पार्टीको नाम ‘रिपब्लिक पार्टी नेपाल’ हुने भएको छ ।

यसअघि गत फागुन २३ गतेको निर्णय अनुसार किरात खम्बुवान साझा पार्टीको नाम ‘राष्ट्रिय साझा पार्टी’ तथा नेपाल दलित पार्टीको नाम ‘नेपाल मानवतावादी पार्टी’ हुने भएको छ। नयाँ नाम स्वीकृत भएको दलको दर्ता मिति भने पुरानै कायम रहने आयोगले जनाएको छ ।

यसैबीच दलको नाम परिवर्तन सम्बन्धमा आयोगको निर्देशनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश दिएको छ। तराई मधेश लोकतान्त्रिक पार्टी ९तमलोपा० ले यही चैत २ गते सर्वोच्च अदालतमा रिट दायर गरेको थियो। रिटमा अदालतले कारण देखाऊ, अल्पकालीन अन्तरिम आदेश जारी गर्दै दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।

तमलोपाले आयोगले भने झैँ दलको नाम संविधानको मर्मविपरीत नभएको भन्दै रिट दायर गरेको थियो।  प्रचलित कानूनले दर्ता रहेको पार्टीको नाम परिवर्तन गर्ने अधिकारआयोगलाई नरहेको तमलोपाको दाबी छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *