दमक, ११ चैत–नेकपा (एमाले) ले अगामी वैशाख १५ मा इलामको निर्वाचन क्षेत्र नं २ मा हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा स्वर्गीय सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई उठाउने भएको छ ।

पार्टी मुख्यालयमा बसेको एमाले सचिवालय बैठकले इलाम र बझाङका लागि उम्मेदवार चयन गरेको हो । इलाम २ बाट २०७९ को निर्वाचनमा एमालेका सुबास नेम्वाङ निर्वाचित भएका थिए । उनको निधनपछि प्रतिनिधि सभामा रिक्त रहेको सो क्षेत्रको सांसद चुन्नका लागि निर्वाचन हुन लागेको हो ।

यसअघि सो क्षेत्रबाट एमालेले कसलाई उम्मेदवार बनाउला ? भन्ने बहस तिब्र रुपमा भइरहेको थियो । एमालेको यो निर्णयसँगै उम्मेदवारको टुंगो लागेपछि एमाले वृत्तमा यसलाई दुई कोणबाट विश्लेषण गरिएको छ ।

पार्टी संगठनमा सक्रिय नरहेका नेम्वाङ पुत्रलाई उम्मेदवार बनाएकोप्रति एमाले भित्र सो क्षेत्रका कार्यकर्ताहरुबीच असन्तुष्टिको स्वर सुनिन थालेको छ । बझाङमा हुने प्रदेशसभा–१ को उपनिर्वाचनमा दमन भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । आगामी बैशाख १५ गते उप निर्वाचन हुदैँछ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *