दमक, ११ चैत–स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले १५औं वार्षिकोत्सवमा झण्डै एक सातादेखि विभिन्न कार्यक्रमहरुका साथ सेवा केन्द्रहरुमा धुमधामले मनाएको छ ।

दमक–६ बेलडाँगी रोडमा अवस्थित स्वर्णलक्ष्मी साकोसले केन्द्रीय कार्यालयमा आज (आइतबार) १५औं बार्षिकोत्सवलाई औपचारिक रुपमा समापन गरेको छ । चैत ७ गते मोरङको उर्लाबारी सेवा केन्द्रबाट सुरु भएको १५औं बार्षिकोत्सव चैत ८ गते सुरुङ्गा, ९ गते झिलझिले र १० गते गौरादह सेवा केन्द्रमा मनाइएको थियो ।

दमकस्थित संस्थाको मुख्यालयमा आयोजित बार्षिकोत्सव समारोहमा नेफस्कुनका महासचिव घनश्याम अधिकारीले सहकारी संस्थालाई नेपाल राष्ट्र बैंकले कानूनी दायराभित्र ल्याएर अनुगमन गर्न आवश्यक रहेको बताउनुभयो । वहाँले कोभिडपछि नेपालमा बित्तिय संघसंस्थाहरु क्रमशः आफ्नो लक्ष्य र योजनासहित सेवामुखी र व्ष्यवसायमुखी कार्यमा सक्रियता देखाइरहेको बताउनुभयो ।

समारोहका प्रमुख अतिथिसमेत रहनुभएका नेफस्कुनका महासचिव अधिकारीले बद्दो प्रतिस्पर्धाका कारण सहकारी संस्थाहरुले सदस्यहरुबीच रचनात्मक तथा सृजनात्मक कार्यमा पनि संग–संगै अघि बढ्न जरुरी रहेको बताउनुभयो । वहाँले सहकारी संस्थाका सञ्चालकहरु सहकारी सिद्धान्त, उदेश्य र नितिमा आधारित रहेर काम गर्न सकेमात्र सहकारी संस्थामा जोखिम हुन नसक्ने बताउनुभयो । अभिकारीले सहकारी संस्थालाई सहि मार्गमा सञ्चालन गर्नका लागि खबरदारी गर्न समेत आग्रह गर्नुभयो ।

संस्थाका अध्यक्ष बिमल बरालको अध्यक्षतामा कार्यक्रम भएको थियो । सो कार्यक्रममा संस्थाका सचिव सञ्जिब रिमालले स्वागत मन्तव्य राख्नुभएको थियो ।

सो अवसरमा दमक ६ का वार्डध्यक्ष टेकबहादुर थापा, जिल्ला सहकारी संघ झापाका लेखा सुपरिवेक्षण समितिका संयोजक समेत रहनुभएका सूयैमुखी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चुडामणी ओझा, दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई, जिल्ला बचत तथा ऋण सहकारी संस्था झापाका अध्यक्ष तुलाराम न्यौपाने, स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा दमक बहुमुखी क्याम्पस दमककमा प्राध्यापक बासुदेब काफ्ले लगायतले शुभकामना मन्व्य राख्नुभएको थियो ।

स्थापना दिवसमा खुल्ला रक्तदान

संस्थाको १५औं स्थापना दिवसको अवसरमा दमकस्थित मुख्य कार्यालयमा आइतबार बिहान खुल्ला रक्तदान कार्यक्रम गरिएको थियो । सो रक्तदानमा ४९ जनाले रक्तदान गरेका थिए ।

संस्थाले रक्तदान यसअघिका स्थापना दिवसमा निरन्तर गर्दै आइरहेको छ । दमकस्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा रक्तसंचार विभागका प्राविधिक सहयोगमा रक्तदान भएको हो ।

सदस्यहरुलाई निःशुल्क स्वास्थ्य शिविर

बिर्तामोडस्थित पूर्वाञ्चल क्यानसर अस्पतालको डाक्टरसहितको टोलीले महिलाको स्तन क्यान्सर तथा पाठेघर रोग सम्बन्धी स्वास्थ्य परिक्षण गरिएको थियो । सो अस्पतालका डाकटर सरस्वती गुरुङको नेतृत्वमा आएका नर्स तथा डाक्टरको टोलीले स्वर्णलक्ष्मी साकोसका २१ जना सदस्यहरुले परिक्षण गराएका थिए । शिविर सञ्चालन अघि, डाक्टर गुरुङले स्तन क्यानसर र पाठेघर सम्बन्धी समस्या र यसका उपचारका बारेमा जानकारी मुलक प्रशिक्षण दिनुभएको थियो ।

यता, दमकस्थित आमा डेन्टलले दन्त परिक्षण र हेरचारका बारेमा शिविर आयोजना गरिएको थियो । सो शिविरमा ६१ जनाले दन्त परिक्षण गरेका छन् ।

बेलडाँगी रोडमै अवस्थित बिर्ता ज्योती आँखा अस्पतालले समेत स्वर्णलक्ष्मी साकोसको १५औं बार्षिकोत्सवमा शिविर आयोजना गरिएको थियो । सिविरमा १ सय २१ जनाले आँखा समन्ख्धी परिक्षण सेवा लिएका थिए ।

बिद्यार्थीलाई स्कुल व्याग

स्वर्णलक्ष्मी साकोसले प्राथमिक तहमा अध्ययनरत बिद्यार्थीहरुको उज्वल शिक्षाको कामना गर्दै यसवर्ष केन्द्रीय कार्यालयसहित चारवटै सेवा केन्द्रहरुबाट गरिव तथा जेहेन्दार बिद्यार्थीहरुका लागि स्कुल ब्याग बितरण गरिएको छ । केन्द्रीय कार्यालय दमकले दमक १ मा रहेको एक बिद्यालयका ३० जना बिद्यार्थीहरुलाई स्कुल ब्याग बितरण गरिएको थियो ।

१५औं बार्षिकोत्सवको अवसरमा स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले सवै सेवा केन्द्रहरुबाट सहकारी सदस्य शिक्षा, बित्तिय शिक्षा, संचेतना सम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिएको प्रमुख कार्यकारी अधिकृत कमल कुमार घिमिरेले जानकारी दिनुभयो । त्यस्तैं, सदस्यहरुलाई पुरस्कार, दमकस्थित रत्नजेष्ट आश्रम, दमकस्थित रेडक्रस सोसाइटी उपशाखालाई आर्थिक सहयोगसहित खाद्यान्न सामाग्री बितरण गरिएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *