बिक्रम सुब्बा खाम्देन

दमक, ११ चैत–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दमक–७ को वडा समितिको अध्यक्षमा बिक्रम सुब्बा खाम्देन सर्वसम्मत चयन हुनुभएको छ । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका केन्द्रीय सदस्य खाम्देनलले राप्रपाको वडा अध्यक्षको जिम्मेवारी पाएसंगै दमकमा चर्चा बढेको छ ।

राप्रपा दमक–७ वडा समितिको आज (आइतबार) सम्पन्न भेलाले अध्यक्षमा युवा व्यवसायी तथा नेता खाम्देनसहित सचिवमा मोतीलाल भुजेल र सहसचिवमा बिनोद राईलाई सर्वसम्मत चयन गरेको हो ।

राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका केन्द्रीय सदस्य खाम्देन दमकमा निर्माण व्यवसायसंगै सामाजिका र राजनीतिक क्षेत्रमा समेत स्थापित हुनुहुन्छ । खाम्देन दमकको विश्वाशिलो बचत तथा ऋण सहकारी संस्थाका सल्लाहकार संयोजक हुनुहुन्छ ।

पार्टीको भातृसंगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनको केन्द्रीय नेतृत्व गर्दै आउनुभएका खाम्देन युवाहरुबीच लोकप्रिय युवा नेता र युवा व्यवसायीका रुपमा परिचित हुनुहुन्छ । खाम्देनले दमकमा हाङमादिन कन्स्ट्रक्सन नामक व्कम्पनी मार्फत व्यवसाय सञ्चालन गर्दै आइरहेका छन् ।

युवा नेता खाम्देनले हाम्रोसरोकारसंग कुराकानी गर्नुहुँदैं पार्टी संगठनको बिधान भित्र रहेर वडा समितिको अध्यक्षको जिम्मेवा्रीलाई अनुशासिशत र कर्तव्यनिष्ठ कार्यकर्ताको रुपमा पुरा गर्ने बताउनुभएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *