ललितपुर, १२ चैत–होली खेल्ने क्रममा दुई समूहबीच भएको झडपमा परी २ जना युवाको मृत्यु भएको छ । गएराति ललितपुर धोलाहिटीमा भएको ग्याङ फाइटमा उनीहरूको मृत्यु भएको प्रहरीले बताएको छ ।
ललितपुर प्रहरीका अनुसार मृत्यु हुनेमा ३० वर्षीय धरानका पुजन राई र २८ वर्षीय पाँचथरका रोबर्ट राई छन् । उनीहरूमध्ये पुजनलाई कोखा र रोबसलाई खुट्टामा चक्कु हानिएको थियो । रोबर्टको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको बताइएको छ ।
प्रहरीका अनुसार मृतक दुवैजना एउटै समूहका हुन् ।
घटना ९र१० बजेतिरको भएपनि झडपका क्रममा घाइते भएका दुवैजनालाई अस्पताल लगेपछि ११ बजेतिर मात्र प्रहरीलाई खबर गरिएको थियो । उनीहरू दुवैको अस्पतालमै मृत्यु भएको बताइएको छ ।
दुईजनाको शव पोष्टमार्टमका लागि सुमेरु र पाटन अस्पतालमा राखिएको छ ।
घटनामा संलग्न आरोपमा प्रहरीले अहिलेसम्म १८ जनालाई पक्राउ गरेको छ ।
