झलनाथ खनाल

काठमाडौँ, १२ चैत–नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले असत्यमाथि सत्यको जित भएको अवसरमा मनाइने रंगीन होली पर्वले आपसी सद्भाव, मेलमिलाप तथा बन्धुत्वको भावना विकास गर्न सहयोग पुग्ने बताउनु भएको छ।

होली पर्वका अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले हाम्रा मौलिक परम्परा, संस्कार र संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्न तथा राष्ट्रिय एकता निर्माण एवं सामाजिक सद्भाव अभिवृद्धि गर्न यो पर्वले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनु भएको हो।

उहाँले शुभकाकमना सन्देशमा भनेका छन्, ‘सामाजिक न्याय र समानतासहितको समुन्नत नेपाल निर्माण गर्ने र मुलुकलाई समाजवाद उन्मुख दिशातर्फ अग्रसर गराउन फागु पूर्णिमाले सवैमा प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु।’

सम्मानित नेता खनालले भन्नुभएको छ, ‘नेपालीहरुको महत्वपूर्ण पर्व फागु पूर्णिमा (होली) को अवसरमा स्वदेश तथा प्रवासमा रहनुभएका सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, एकता र उत्तरोत्तर प्रगतिको कामना गर्दछु। असत्य माथि सत्यको जित भएको अवसरमा मनाइने यस रङ्गीन पर्वले आपसी सद्भाव, मेलमिलाप तथा बन्धुत्वको भावना विकास गर्नका साथै हाम्रा मौलिक परम्परा, संस्कार र संस्कृतिको संरक्षण तथा संवद्धन पनि गर्नेछ। साथै, यस पर्वले राष्ट्रिय एकता निर्माण एवं सामाजिक सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ।

अन्त्यमा, सामाजिक न्याय र समानता सहितको समुन्नत नेपाल निर्माण गर्ने र मुलुकलाई समाजवाद उन्मुख दिशातर्फ अग्रसर गराउन फागु पूर्णिमा ९होली० ले सवैमा प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्‍वास लिएको छु।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *