दुधे, १२ चैत–झापाको शिबसताक्षी नगरपालिकामा नहरको पानीमा डुबेर एक जनाको मृत्यु भएको छ । सोमवार (आज) अन्दाजी २ः३० बजेको समयमा शिबसताक्षी–११ श्रृष्टि टोलका १४ बर्षिय रविन प्रधानको मृत्यु भएको हो ।
प्रधानको स्थानीय कनकाई सिंचाई आयोजनाको नहरमा नुहाउने क्रममा डुबेर मृत्यू भएको हो । प्रधानको शब नहरले बगाएर सोही वडाको साइफनस्थित फलामको जालीमा अड्कीको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पानीमा डुबेकोे अबस्थामा स्थानियले देखेर इलाका प्रहरी कार्यालय झिलझिलेमा जानकारी गराउना साथ उक्त स्थानमा अनुसन्धान तथा कानुनी प्रकृयाको लागि झिलझिलेको प्रहरी टोली खटि गएको प्रहरीले जनाएको छ ।
