काभ्रेपलान्चोक, १२ चैत–नेकपा (एकीकृत समाजवादी) काभ्रेका नवनिर्वाचित पदाधिकारी तथा जिल्ला कमिटी सदस्यहरुले पद तथा गोपनियताको सपथ ग्रहण गर्नु भएको छ।
सोमबार पार्टी कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सपथ ग्रहण गराउनुका साथै प्रमाण पत्र वितरण गर्नु भएको थियो।
अध्यक्ष नेपालले नवनिर्वाचित पदाधिकारीहरुलाई निर्देशन दिदै पार्टीको गतिविधिमा लाग्न अनुरोध गर्नुभयो। उहाँले भन्नू भयो, ‘एकीकृत समाजवादी लोकतान्त्रीक पार्टी हो। अब नवनिर्वाचित सदस्यहरुले पार्टीले गरेका राम्रो कामको प्रचार गर्नुपर्छ। संगठन बनाउन लाग्नुपर्छ। तपाईंलाई नागरिकले विश्वास गर्न राम्रो आचरण, व्यवहार र बोलिले देखाउने भन्दै अध्यक्ष नेपालले पार्टीलाई नागरिकको पक्षमा वकालत गर्ने पार्टी बनाउने विश्वास गर्नु भयो।
आम जनताको दैननिदिनका समस्या समाधानमा कमन्युष्ट पार्टी लाग्नु पर्ने कुरामा जोड दिदै उहाँ चैतमा हुन लागेको पार्टीको केन्द्रीय अधिवेशनमा काभ्रेबाट ठुलो जनमासको उपस्थिति हुने आशा व्यक्त गर्नु भयो। बागमती प्रदेशका अन्य जिल्ला मध्य काभ्रे राजधानीबाट नजिकको जिल्ला हो साथै देश भरीमा काभ्रे जिल्ला पाँचौ जिल्ला हुन सकेकोमा शुभकामना दिनु भयो।
उक्त सपथ ग्रहण तथा प्रमाण पत्र वितरण कार्यक्रममा पार्टीका उपमहासचिव तथा बागमती प्रदेशका इन्चार्ज गंगालाल तुलाधर, बागमती प्रदेश अध्यक्ष सवित्रा भुसाल, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष शिव बहादुर देउजा, केन्द्रीय सदस्य विदुर सापकोटा तथा पार्टी जिल्ला इन्जार्च टोकबहादुर वाइवाको उपस्थिति रहेको थियो।
