दमक, १२ चैत–सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले आज बिहान कार्यालय परिसरमा होली विशेष कार्यक्रम मनाएको छ । सहकारी संस्थाका सञ्चालक समिति, कर्मचारीहरु, शेयर सदस्यहरु र अन्य सर्वसाधारणहरुबीच आपसमा रङ्ग लगाएर होली कार्यक्रम मनाउको हो ।

सञ्चालक समितिका अध्यक्ष टिकाराज सापकोटा, सचिव कमलप्रसाद नेपाल, प्रमुख कार्यकारी अधिकृत अरुण भण्डारी, व्यवस्थापक राजकुमार खड्कासहित अन्य कर्मचारीहरु, शेयर सदस्यहरु र सर्वसाधारणको उपस्थितिमा होली विशेष कार्यक्रम मनाइएको कर्जा विभाग प्रमुख इश्वर नेपालले जानकारी दिए ।

यसअघि, सूर्यदर्शन साकोसले होली विशेष कार्यक्रमहरु गर्दै आइरहेको र यसवर्ष पनि निरन्तरता दिइएको कर्जा विभाग प्रमुख नेपालले बताए । नेपालका अनुसार होली पर्वमा एक आपसमा भेटघाट गरेर प्रेम र आत्मियताको प्रतिक रङ्ग दलेर होली मनाउनुका छुट्टै धार्मीक मान्यता छ ।

सो अवसरमा संस्थाका अध्यक्ष टिकारज सापकोटा र सचिव कमल नेपालले सहभागिहरुलाई रङ्ग लगाइदिनुका साथै शुभकामना व्यक्त गरेका थिए । रङ्गहरुले सजिएपछि त्यहाँ आयोजित सांगीतिक कार्यक्रममा सहभागिहरु एक साथ नाचेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *