दमक, १२ चैत–मोफसलका चर्चित गायक नन्दु गु्रुङले होली विशेष पथरीमा आयोजित सांगीतिक कार्यक्रममा दर्शकहरुको मन लोभ्याएका छन् । उनका चर्चित गीतहरु र आर्कषक प्रस्तुतीका कारण होलीमा रङ्गिएका दर्शकहरु उत्साहित बने । उनीहरुले नन्दुलाई छमछमी नाचेर साथ दिएका थिए ।

मोरङ पथरीका गायक नन्दुले पथरी चोक र उर्लाबारीस्थित किसान चोकको लण्डन पुलमा आयोजित होली बिशेष सांगीतिक कार्यक्रममा दर्जन गीतहरु प्रस्तुत गरेका थिए ।

पछिल्लो समयका व्यस्त गायक गुरुङका गीतहरुले दर्शकहरुको मन लोभ्याएका थिए । होलीले रङ्गगिएको पथरीमा गायक गुरुङले आफ्ना सुपरहित गीतहरु प्रस्तुत गरेका थिए । त्यस्तैं, उर्लाबारीस्थित किसान चोकमा आयोजित होली विशेष सांगीतिक कार्यक्रमा उनको प्रस्तुती जोशिलो बनेको थियो ।

आउँदैछु प्यारी………
मुटु त ढु्कढुक……..
सपनामा आउने……..
मन पराउँछु भन्छे उसले…….
जस्ता, चर्चित आफ्नै गीतहरु पस्किएका गायक गुरुङलाई पथरी र उर्लाबारीका दर्शकहरुले उत्साहित बनाएका थिए । पथरीमा पथरी जेसिजले होली विशेष सांगीतिक कार्यक्रम आयोजना गरेको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *