जङ्गली हात्ती

दमक, १३ चैत–झापाको कमल गाउँपालिका वडा नम्बर ५ सिम्लेमा जंगली हात्तीले पाकेको मकैमा क्षति पुर्याएको छ ।

मंगलबार राती २ः३० बजेको समयमा आएको १०ः१५ वटा हात्तीको समुले सोही स्थानका आइतराज लिम्बुको २ कठ्ठा खेतमा लगाएको पाकेको मकै खाएर क्षति पुर्याएको हो ।

आज बिहान ८ः३० बजेको समयमा जंगली हात्तीको समुहले खाएर क्षति गरेको जानकारी पाउन साथ अस्थाई प्रहरी पोष्ट फागुनन्दको टोलि खटि गएर क्षति स्थलको अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

हात्तीको समुहले अन्दाजी २० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *