बिर्तामोड, १३ चैत–झाापको बिर्तामोड–१ पश्चिम बसस्टेण्डमा आज राति ८ः२० बजे एक युवामाथि छुरा प्रहार भएको छ ।

सोही स्थानका २३ वर्षीय सुनिराम मुर्मुमाथि छुरा प्रहार भएको हो । झै–झगडाका क्रममा मुर्मुमाथि चक्कु प्रहार गरिँदा उनको बाँया हातको कुममा र ढाडको माथिपट्टी गर्दनको भागमा चोट लागेर गम्भीर घाइते भएका छन् ।

उनको स्पाइन एक्स अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ भने अबस्था तत्काल गम्भीरर रहेको छ ।

घटनामा सम्लग्न पाँच जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।

पक्राउ पर्नेमा बिर्तामोड–१ का २३ वर्षीय राम टुडु, बिर्तामोड–६ की १९ वर्षीया एलिना श्रेष्ठ, बिर्तामोड–१ का २९ वर्षीय सुसान मुर्मु, अर्जुनधारा–११ का ३० वर्षीय सरोज सहनी र कनकाई–१ का २३ वर्षीय मनोज बिक रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *