बिर्तामोड, १५ चैत–नेकपा (एमाले) झापाको ११औं जिल्ला अधिवेशन आजदेखि सुरु भएको छ। बिहिबार विर्तामोडस्थित अग्रसेन भवनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरे ।
अधिवेशनले भोली (शुक्रबार) गतेसम्म एमाले झापाका लागि नेतृत्व चयन गर्ने छ ।
जिल्लाको सवै पालिका कमिटीबाट ४३० जना, जनसङ्गठनहरूबाट ८९ जना, मजदुरबाट ३० जना, सल्लाहकारहरू २५ जना, सम्पर्क मञ्चबाट ५ जना र आयोजक १६९ जना एवम् मनोनीत प्रतिनिधिहरू ३८ जना गरी ७८६ जनाले अधिवेशनमा सहभागी जनाएका छन् ।
११आं जिल्ला अधिवेशनमा पार्टी नेतृत्व (अध्यक्ष) मा प्रेम गिरी र शिव ढुङगेल आकांक्षी छन् । गिरुी कार्यवाहक अध्यक्ष र ढुङगेल सचिव हुन् ।
गिरी र ढुङगेल अध्यक्षका आकाँक्षी बनेपछि झापामा दुई गुटसहित कार्यकर्ता र प्रतिनिधिहरुबीच चुनावी प्रचार–प्रसारमा जुटेका छन् ।

