गौरीगञ्ज, १५ चैत–शिक्षामा छात्राहरुको पहुँच बढाउन सहयोग पुरयाउने उद्धेश्यले गौरीगञ्ज गाउँपालिकाले छात्राहरुलाई साइकल वितरण गरेको छ ।

आज (बिहिबार) आयोजित कार्यक्रमकाबीच गाउँपालिकाले गौरीगंज –६ स्थित खजुरगाछी माविका कक्षा ९ मा अध्ययनरत ६६ जना छात्राहरुलाई साइकल वितरण गरेको हो ।

गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा छात्राहरुलाई साइकल वितरण गरिएको हो ।

सोही अवसरमा पालिका स्तरिय विभिन्न हाजिरी जवाफ, चेस, निवन्ध, श्रृति लेखन, वतृत्वकला प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना भएका विद्यार्थीलाई नगदसहित शिल्ड र प्रमाण पत्र वितरण गरिएको थियो ।

गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशी, उपाध्यक्ष पुजन न्यौपाने कुवँर, वडा नं। ६ का वडाध्यक्ष बद्रीनारायण यादव, वडा नं। ३ का वडाध्यक्ष श्रवण गिरी, वडा नं। ४ का वडाध्यक्ष फेका गिरीले संयुक्तरुपमा नगदसहित विभिन्न पुरस्कार, शिल्ड, प्रमाणपत्र र छात्राहरुलाई साइकल वितरण गरेका थिए ।

गाउँपालिकाले यसै पटक गौरीगंजका अन्य ३ वटा सामुदायिक विद्यालयका कक्षा ९ मा अध्ययन गर्ने छात्रालाई पनि साइकल वितरण गर्ने शिक्षा शाखा प्रमुख टंक खरेलले जानकारी दिए ।

गाउँपालिकाले चार वटा सामुदायिक विद्यालयका २३६ जना कक्षा ९ मा अध्ययनरत विद्यार्थीलाई साइकल वितरण गर्ने कार्यक्रम रहेको शिक्षा शाखा प्रमुख खरेलले बताए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *