भुस्या कुकुर

दमक, १५ चैत–झापाको दमक–४ डिपु चौंक आसपासमा केहिदिन यता भुस्या कुकुरको आंतक बढेकोछ । भुस्या कुकुरले गाउँघरमा पालिएका खसी, बाख्रा टोकेर मार्ने गरेको स्थानीयले बताएका छन् ।

डिपु टोलका स्थानीयले मंगलवार दमक नगरपालिकाका प्रमुख रामकुमार थापालाई भेटेर आफना गुनासा सुनाएका छन् । उनीहरुले भुस्या कुकुरको व्यवस्थापन गर्न माग गरिएको पीडित दिलकुमारी धिमालले बताईन् ।

स्थानीयको माग सुन्दै नगरप्रमुख थापाले भुस्या कुकुरको नियन्त्रण तथा व्यवस्थापनका लागि नगरपालिकाले काम गरिआएको उल्लेख गरे । छाडा कुकुर मार्न नमिल्ने भन्दै उनले यसको नियन्त्रणका लागि स्थानीयको प्रयासबाट नै सफलता प्राप्त गर्न सकिने सुझाएका थिए ।

उनले केहिदिन यता त्यस टोलमा भुस्या कुकुरको टोकाईबाट एकदर्जन पशुचौपाया प्रभावित भएको बताईन् । ती मध्ये चारवटा खसीबाख्रा मरेको उनको भनाई छ । छाडा कुकुरले खोरमा बाँधिएका पशुचौपायालाई टोक्ने तथा बाटोघाटोमा हिड्दै गरेका बटुवालाई समेत टोक्ने गरेको उनीहरुको गुनासो छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *