किरात चोत्लुङ मुहिङगुम आङसी माङगेना सेवा समितिका अध्यक्ष केहरसिंह योङहाङ

दमक, १६ चैत–किरात धर्मको संरक्षणमा क्रियाशिल दुई संस्थाबीच लामो समयदेखिको बिबादले उग्र रुप लिएको छ । मुन्धुममा आ–आफ्नै विधीहरुका कारण देखिएको समस्या पछिल्लो समय पाँचथरको सिलौटीस्थित महागुरु फाल्गुनन्दको समाधिस्थलसंगैं शालिक निर्माणको विषयले बिबाद बढ्दैं गएको छ ।

आज (शुक्रबार) झापाको दमकमा किरात धर्म तथा साहित्य उत्थान संघ र किरात चोत्लुङ मुहिङगुम अङसी माङगेन्ना गुरु केन्द्रीय समितिले पत्रकार सम्मेलन गरेर सिलौटीमा महागुरु फाल्गुनन्द लिङदेनको समाधिस्थलसंगै शालिक निर्माण कार्यमा अवरोध नगर्न आग्रह गरेको छ । पत्रकार सम्मेलनमा किरात धर्म तथा साहित्य उत्थान संघ र किरात चोत्लुङ मुहिङगुम आङसी माङगेना गुरु केन्द्रीय समितिले सिटौटीमा फाल्गुनन्दको शालिक निर्माण भएको बाधा र अवरोधप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

पाँचथरको सिलौटीमा महागुरु फाल्गुनन्दको समाधिस्थल हो । सोही स्थानमा किरात धर्म साहित्य उत्थान संघ र किरात चोत्लुङ मुहिङगुम आङसी माङगेना गुरु केन्द्रीय समितिले फाल्गुनन्दको शालिक निर्माणकार्य सुरु गरेको थियो । सो शालिक निर्माणकार्य सुरुवातमा किरात धर्म सत्यहाङमा सेवा संघले तोडफोड गर्नुका साथै अवरोध गरिएको छ ।

यता, दुबै संस्थाले दमकमा अलग–अलग मितिमा पत्रकार सम्मेलन गरिसकेको छ । आज, दमकमा आयोजित पत्रकार सम्मेलनमा पाँचथरको सिलौटीको विकासका निम्ति शालिक निर्माणले महत्वपूर्ण टेवा पुग्ने किरात चोत्लुङ मुहिङगुम आङसी माङगेना सेवा समितिका अध्यक्ष केहरसिंह योङहाङले बताउनुभयो । अध्यक्ष योङहाङका अनुसार राष्ट्रिय विभूति महागुरुको समाधिस्थल तोडफोड गरेर अराजकता प्रस्तुत गरेकोमा दुख्ख व्यक्त गर्नुभयो । वहाँले संस्थाको आफ्नै निजी जमिनमा शालिक निर्माणकार्य भएको र सिलौटी सामुदायीक बनसंगको सहकार्यमा शालिक बनाइने बताउनुभयो । योङहाङले शालिक निर्माण भएपछि धार्मीका भक्तजनहरु र पर्यटन आगमनमा बृद्धि हुने बताउनुभयो ।

किरात धर्म सत्यहाङमा सेवा संघ केन्द्रीय कार्यालय इलामले गत चैत १० गते दमकमा पत्रकार सम्मेलन गरी किरात धर्म सम्बन्धी गलत प्रचार गरेकोमा आपत्ति जनाउदै दुवै संस्थाले त्यस्तो धारणा सारेका हुन् । यसअघि विहिबार मात्र दुवै संस्थाले इलाममा पत्रकार सम्मेलन गरि संस्थागत धारणा सार्वजनिक गरेका थिए ।

किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिंह योङहाङले महागुरुसँग सम्बन्धित विषयलाई सत्य तथ्य तोडमोड गरि किरात धर्मावलम्बीहरुलाई भ्रमित बनाउने खोजिएको भन्दै आपत्ति प्रकट गरे ।

महागुरुको महान उद्देश्य विश्वशान्ति तथा मानव एकता कायम गर्नुनै भएको भन्दै उनले त्यसै कार्य अन्तर्गत हालसम्म देशैभरि १०२ वटा माङहिम , ३३ वटा महागुरुको शालिक स्थापना भईसकेको उनको भनाई छ ।

सिलौटीमा त्यसै अनुसार शालिक राख्ने कार्य भएकोमा त्यसो हुन नदिन कथित किरात धर्म सत्यहाङमा सेवा संघले अवरोध पुरयाँएको उनको भनाई थियो ।

उनले भने– हामीलाई शालिक राख्न सो समूहबाट अवरोध मात्र नभएर ससस्त्र प्रतिरोध गर्नेदेखि गुरु आत्मानन्द माथिसम्म मुद्धा चलाउने सम्मका हर्कत भएको छ । यो धार्मिक गुरुमाथिको आक्रमण हो यसलाई हामीले गम्भिर रुपमा लिएका छौं । यो शोभनीय हुदै होइन, यस्तो कार्यले सिंगो किरात धर्म माथि चोट पुरयाँएको छ ’ पत्रकार सम्मेलनमा योङहाङले भने । आफूहरु माथि उल्टै अनर्गल मुद्धा लगाएर दुःख दिएपनि यसबारे प्रशासन गम्भिर नभएको जिकीर गरे । यो विषयमा प्रशासनले तदरुकता देखाउनु पर्ने उनले सुनाए ।

चोत्लुङका अध्यक्ष योङहाङ र किरात धर्म तथा साहित्य उत्थान संघका कार्यवहाक अध्यक्ष प्रेमकुमार सिप्तुङखाद्धारा जारी विज्ञप्तिमा लेखिएको छ ‘इलामको चुलाचुली हात्तिलेदामा छुट्टै माङहिम बनाई आफ्नै डिजाइनमा गुरु खोज्ने र राख्ने क्रम सुरु गरिएको सो संस्थाको हैसियत हामी माझ घामझै छर्लङ छ । यसरी गुरु खोजेर राख्ने क्रममा ज्योतिनन्द, विद्यानन्दहुँदै फुङलिङ ज्योतिदेखि प्रभुदासीहुँदै ओमनन्दसम्म र मिनु कैलाशदेखि देउबहादुर तुम्बापोसम्मलाई गुरु बनाउने र हटाउने कार्य गरेको देखिन्छ । साथै केहीँ गुरुको घोरअपमान समेत गरेको विभिन्न घटना परिघटनाले समेत महागुरुको सच्चा अनुनायी हुनै नसक्ने पुष्टि हुन्छ ।’

पत्रकार सम्मेलनमा संघका कार्यवहाक अध्यक्ष सिप्तुङखा, किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना गुरु केन्द्रीय सचिव शक्तिकुमार सावाँ, गुरु आत्मानन्द लिङदेनका कानुनी सल्लाहकार भिम खत्री लगायतले किरात धर्मका महागुरु फाल्गुनन्दको समाधिस्थलमा शालिक राख्ने कार्यमा भएको भ्रम तथा हुलहुज्जतको आक्रमणले असुरक्षा पैदा गरेको उल्लेख गरेका थिए ।

उनीहरुले सामुदायिक बन,फाल्गुनन्द गाउँपालिका ,फिदीम नगरपालिका लगायतका सरोकारपक्षहरु सहकार्य गरि कार्य शुरु गरेको भएपनि सो समूहको उद्दण्ड हर्कतले शालिक तोडफोड, झण्डा च्यात्ने कार्यले सिंगो किरात धर्मावलम्बीहरुलाई चोट पुगेको भन्दै त्यस्ता क्रियाकिलाप हुनु दुखद भएको उल्लेख गरेका छन ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *