बिर्तामोड, १५ चैत–झापाको कमल गाउँपालिका साधक तिलक लिम्बू (अद्वैत मनोक्रान्ति) ले सात दिने निराहार भूतपस्या गर्ने भएका छन् ।

कमल–७ घर भइ विगत एक वर्षदेखि कनकाई–७, दुर्गापुरस्थित फक्ताङलुङ एजुकेशन फाउण्डेशनमा योग प्रशिक्षण सञ्चालन गरी रहनु भएका साधक लिम्बू उक्त विद्यालय परिसरमा चैत १७ गते शनिबारदेखि २३ गते शुक्रबारसम्म सातदिने निराहार भूतपस्या गर्ने भएका हुन् । आज बिर्तामोडमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै भूतपस्याबारे जानकारी दिइएको छ ।

मानव जातिप्रति समर्पित आध्यात्मिक सन्देश ‘संसारलाई बदल्नु छ, शुरु आफैंबाट गर्नु छ’ भन्ने मनोक्रान्ति अभियानको महान् नारालाई आत्मसात गर्दै भूतपस्या गर्न लागिएको मनोक्रान्ति विदेश विभाग संयोजक गजेन्द्रराज नेम्बाङले बताउनुभयो ।

मनोक्रान्तिको द्रष्टा एवम् गुरु डा। योगी विकासानन्द झापा र भारतको सिलिगुडीमा मोटिभेशनल कक्षा तथा हिप्नोसिस सेमिनार सञ्चालन गर्न साताव्यापी भ्रमणमा यही आगामी चैत २० गते झापा आउने उहाँले बताउनुभयो । सोही क्रममा भूतपस्वी तिलक लिम्बूलाई जुस पिलाएर चैत २३ गतेको गुरु डा योगी विकासानन्दज्यूले भूतपस्याको औचित्य, आवश्यकता, जीवन र जगतको रुपान्तरण विषयमा विशेष प्रवचन दिनु हुदै भूतपस्याबाट बाहिर निकाल्नु उहाँले बताउनुभयो ।

पत्रकार सम्मेलनमा फक्ताङलुङ एजुकेशन फाउण्डेशन संस्थापक ओमविक्रम नेम्वाङपूर्वमा मनोक्रान्ति अभियानलाई प्रभावकारी रुपमा फैलाउन र योग साधनबाट प्राप्त हुने सकारात्मक शक्ति बारे जानकारी गराउन विद्यालय परिसरमा कार्यक्रम गर्न लागिएको बताउनुभयो । “योग साधनको बलबाट के–के गर्न सकिन्छ भन्ने कुराको प्रमाणका लागि यो भूतपस्या हो”, उहाँले भन्नुभयो, “गुरुले दिनुभएको कार्यक्रम अनुसार हामीले यो गरिरहेका छौं ।”

नौ फुट गहिरो, नौ फुट लम्बाइ–चौडाइ भएको खाल्डोमा सात दिनसम्म दैनिक डेढ लिटर पानी मात्र खाएर भूतपस्या गरिने जनाइएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *