झिलझिले, १६ चैत–झापाको झिलझिलेमा जारी प्रदेशस्तरीय नविन राई स्मृति भेट्रान कप फुटबल प्रतियोगिताको शुक्रबार भएको खेलमा दमक लखनपुर भेट्रान क्लब विजयी भएको छ । हाम्रो भेट्रान क्लब धरानलाई १–० गोल अन्तरले हराउँदै दमक लखनपुर भेट्रान क्लब विजयी भएको हो ।

खेलको पहिलो हाफको १४ मिनेटमा दमकका तर्फबाट जर्सी नं १० का सुबास आङाथापोले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । निर्धारित समयमा हाम्रो भेट्रान क्लब धरानले कुनै गोल लगाउन नसकेपछि दमकले लगाएको गोल नै निर्णयक गोल बनेको थियो ।

खेलको म्यान अफ दी म्याच दमकका गोल किप्पर शिवजी बस्नेत घोषित भए । उनले नगद २ हजार प्राप्त गरे ।

प्रतियोगिता झिलझिलेस्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठानको खेलमैदानमा सञ्चालन भएको छ । प्रतियोगितामा कोशी प्रदेशका १० वटा टिमले सहभागिता जनाएको आयोजकले जनाएको छ।

प्रतियोगिताको विजेता टिमले नगद ७१ हजार र उपविजेताले नगद ४१ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । भोली शनिबार दुई खेल हुने आयोजकले जनाएको छ ।

पहिलो खेल १२ बजेबाट विर्तामोड भेट्रान क्लब र सी।वि।सी भेट्रान क्लब चन्द्रगढी बीच हुनेछ भने, दोस्रो खेल २ बजेबाट आयोजक निलो र पुर्वेली भेट्रान क्लब विर्तामोड बीच हुने छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *