दमक, १६ चैत–नेपाल मानव अधिकार संगठन झापाको ९ औं जिल्ला सम्मेलनबाट सभापतिमा दिनेशकुमार न्यौपाने चयन भएका छन् । झापाको दमकमा बिहीवार भएको सम्मेलनबाट सभापतिमा न्यौपाने सर्वसम्मत चयन भएका हुन् ।

त्यस्तै संगठनको सम्मेलनबाट उपसभापतिमा डा। बिष्णुप्रसाद मिश्र, सचिवमा भुपेश मर्डी र कोषाध्यक्षमा आनन्द थापा सर्वसम्मत चयन भएका छन् । ३ बर्षे कालका रहने संगठनको पहिलो बैठकले क्षेत्रगत रुपमा सदस्यहरु मनोनितगर्ने सचिव मर्डीले जानकारी दिए ।

संगठनका सभापति डिल्ली भट्टराईको सभापत्विमा भएको सम्मेलनमा संगठनका केन्द्रिय उपसभापति डा।केपी सुवेदीको प्रमुख आतिथ्य रहेको थियो । स्वागत संगठनका सचिव श्याम पोखरेलले गरेको कार्यक्रमको सञ्चालन कोषाध्यक्ष पुस्ता राईले गरेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *