दमक, १७ चैत–होटल व्यवसायी संिघ दमकले १०औं दमक फूड फेस्टिवल आयोजना गर्ने भएको छ । २०७१ सालदेखि आयोजना गर्दै आइरहेको दमक फूडफेस्टिवललाई यसवर्ष वृहत ढंङ्गमा आयोजना गर्न भएको हो ।
यहि चैत २३ देखि बैशाख ४ गतेसम्म दमकमा फूडफेस्टिवल सञ्चालन हुने भएको छ । होटल व्यवसायी संघ दमकले बर्षेनी आयोजना गदैआएको फूडफेस्टिव यसवर्ष १०औं श्रखृला हो ।
दमक फूड फेस्टिवलमा रु १ करोड २५ लाख बढीको कारोबार हुने अनुमान गरिएको छ । फूडफेस्टिवलमा एक लाख बढी सर्वसाधरणहरुले अवोलकन गर्ने र फेस्टिवलको टिकट लिएर आउने सर्वसाधारणहरुलाई दमकका होटलहरुले १० देखि ३० प्रतिशतसम्म छुटको व्यवस्था मिलाइएको छ ।
संघले आज (शनिबार) दमकस्थित होटल पाथिभरामा पत्रकार सम्मेलन गरि १०औं फूड फेस्टिवलका तयारी र कार्यक्रमहरुका बारेमा जानकारी गराएको छ । संघका दमक अध्यक्ष दंगालका अनृुसार फेस्टिवल सम्पन्न गर्न धमाधम तयारी तीव्र पारिएको छ ।
दमकमा स्थानीय तथा वाह्रय पर्यटनको आगमन गर्ने, यहाँका जातिय पहिचानको खानाका परिकारको विकास गर्ने र होटल व्यापार व्यवसायको विकासमा टेवा पुर्याउने उदेश्यले दमक फूड फेस्टिवको आयोजना गरिदैं आएको हो । होटल व्यवसायी संघ दमकका अध्यक्ष योगराज दंगालले २०७१ सालदेखि दमकको पर्यटनमा व्यवसायिक प्रवद्र्धनका लागि फूडफेस्टिवल आयोजना गरिआएको बताए ।
दमक–७ स्थित पशुहाट मैदानमा हुने भएको छ । फेस्टिवलमा स्थानीय आदिवासी राजवंशी, ताजपुरिया, धिमाल, राई, लिम्बू, गुरुङ, मगर लगायतका जनजातिका दुई दर्जनबढी खाद्य परिकारका स्टलहरु रहने पत्रकार सम्मेलनमा जानकारी गराएको छ । सो फेस्टिवलमा दैनिक स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको सांगीतिक प्रस्तुति रहने जनाईएको छ ।
फेस्टिवल अवधिमा दमकमा आउने पर्यटकलाई लक्षित गरि स्थानीय होटल तथा लजमा आर्कषक १० देखि ३० प्रतिशत छुटको समेत व्यवस्था गरिएको कार्यक्रम संयोजक भुपेन्द्रप्रसाद न्यौपानेले जानकारी दिए ।
