काठमाडौं, १८ चैत–भारतको विहार राज्यको मुजफ्फरपुरमा एक महिलाले शारिरीक सम्बन्ध नराखेको भन्दै श्रीमानविरुद्ध प्रहरीमा उजरी दिएकी छन्।

प्रहरीले श्रीमानसहित ६ जनाविरुद्ध उजुरी दर्ता गरेको छ। र, प्रहरीले यस विषयमा अनुसन्धान थालेको छ।

पीडित युवती वैशाली जिल्लाको लालगञ्ज थाना क्षेत्रको एक गाउँकी बासिन्दा हुन्। आरोपित श्रीमान् अहियापुर थाना इलाकाका हुन्।

प्रहरी चौकीमा दर्ता भएको एफआईआरमा पीडितले भनिन्, ‘मेरो विवाह ३१ मे २०२१ मा भएको थियो। बिहेपछि म श्रीमानको घर गएँ। विवाह भएदेखि मेरो श्रीमानले मसँग शारीरिक सम्बन्ध राखेका छैनन्। त्यसपछि मैले घरका सदस्यललाई भनेँ। तर, उनीहरूले पनि श्रीमानलाई कुरा बुझाएनन्।’

त्यसपछि पीडित महिलाले श्रीमानलाई शारीरिक सम्बन्ध किन नराखेको भनेर सोधिन्। तर, उनी बारम्बार गाली र कुटपिट गर्थे। यति मात्र होइन माइती जाने कुरा सुनेपछि भन्थे– ‘घरबाट निस्क्यौ भने तिमी र तिम्रो परिवारलाई मारिदिन्छु।’

महिलाका अनुसार उनी हजुरबुवा बिरामी भएको बहाना बनाएर घरबाट भागेर माइती आएर बसेकी छिन्। तर, अहिले पनि श्रीमान लगायत उनको परिवारले उनलाई लगातार धम्की दिइरहेका छन्

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *