दुर्गापुर (झापा), १७ चैत–झापामा मनोक्रान्ति साधक तिलक लिम्बूले शनिवारदेखि ७ दिने भू-तपस्या शुरु गरेका छन् । झापाको कनकाई नगरपालिका–७ दुर्गापुरस्थित फक्ताङलुङ एजुकेशन फाउण्डेशनको परिसरमा मनोक्रान्ति साधक लिम्बूले जमिन मुनी बसेर भू–तपस्या शुरु गरेका हुन् । आज ३ बजेदेखि चैत्र २३ गते दिउँसो ३ बजेसम्म लिम्बूले नीराहार भू–तपस्या गर्ने बताएका छन् ।

कमल गाउँपालिका वडा नम्बर ७ का मनोक्रान्ति साधक लिम्बू फक्ताङलुङ बिद्यालयमा योग प्रशिक्षकको रुपमा कार्यरत छन् । मनोक्रान्ति साधक लिम्बूले स्कुलको खुला मैदानमा उनले भू–तपस्या शुरु गरेका छन् ।

विकाशानन्द फाउण्डेशन विश्व परिवार बराङ पोखरामा योगसाधना सिकेका लिम्बूले मानव जातिप्रति समर्पित आध्यात्मिक सन्देश ‘संसारलाई बदल्नु छ, शुरु आफैबाट गर्नु छ’ भन्ने मनोक्रान्ति अभियानको नारालाई जनमानसमा पुर्याउने उद्देश्यले भू–तपस्या गर्न लागेको लिम्बूले बताए ।

उनी ९ फिट गहिरो ९ फिट लम्बाई र ९ फिट चौडाइको खाडलमा पुरिएर भू–तपस्यामा बसेका छन् । लिम्बूलाई भू–तपस्या बस्नका लागि विकाशानन्द फाउण्डेशनले सहजीकरण गरिरहेको मनोक्रान्ति प्रमुख गजेन्द्रराज नेम्वाङले जानकारी दिए । भू-तपस्वी लिम्बुलाई मनोक्रान्ति गुरु डा.योगी विकाशानन्दले जुस खुवाएपछि भू–तपस्या सम्पन्न हुने जानकारी दिइएको छ ।

लिम्बूको भू–तपस्या सम्पन्न भएपछि त्यसको औचित्य, आवश्यकता, जीवन र जगतको रूपान्तरण विषयमा डा.विकाशानन्दले विशेष प्रवचन दिने फक्ताङलुङ एजुकेशनका संस्थापक, प्रिन्सिपल तथा मनोक्रान्ति साधक ओमबिक्रम नेम्वाङले जानकारी दिए । लिम्बुको तपस्यालाई फक्ताङ्लुङ एजुकेशनले सहयोग र सहजीकरण गरिरहेको नेम्वाङले बताएका छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *