धीरेन्द्र शर्मा

इलाम, १९ चैत–नेकपा (माओवादी केन्द्र) ले इलाम २ को उपनिर्वाचनमा केन्द्रीय सदस्यसमेत रहेका धीरेन्द्र शर्मा तिमिल्सिनालाई उम्मेदवार सिफारिस गरेको छ ।

इलाम माओवादी जिल्ला समितिले तिमिल्सिनाको नाम सिफारिस गरेको कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङले जानकारी दिए ।

‘उहाँ इलामका पुराना नेता तथा केन्द्रीय सदस्य हुनुहुन्छ। इलाम २ मा उहाँको नाम सर्वसम्मत रूपमा सिफारिस भएको छ’, उनले जानकारी दिए ।

इलाम २ मा एमालेले सुहाङ नेम्वाङ र रास्वपाले मिलन लिम्बुलाई उम्मेदवार घोषणा गरिसकेको छ। कांग्रेसले भने उम्मेदवार चुन्न मंगलबार बैठक बोलाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *