दमक, १९ चैत–नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी झापाले जिल्ला भित्र सञ्चालन गर्ने आफ्ना गतिविधीहरुलाई उपलब्धीपूर्ण बनाउने भएको छ । जिल्लाका सवै गाउँ–नगरपालिका कमिटीहरु र जिल्लास्थित जनसंगठनहरुलाई थप व्यवस्थित गर्दै अघि बढाउन नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी झापाले ८ जना रहेको पदाधिकारीसहित १२ जना रहेको कार्यालय र सचिवालय कमिटी विस्तार गरेको छ ।
जिल्ला कमिटी झापाका अध्यक्षमा बेदराज रेग्मी, उपाध्यक्षत्रयमा बासु दुलाल, उपाध्यक्ष प्रत्युष राना, सविता भेटुवाल, सचिवमा बिपी भट्टराई, उपसचिवमा पदम सुब्बा, नबीन इजम र तीर्थ सिग्देल छन् ।
यसअघि, जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि बेदराज रेग्मी संयोजक रहेको आयोजक कमिटी गठन गरेको थियो । रेग्मी जिल्ला कमिटी झापाका एकीकृत समाजवादी स्थापनाकाल झापाका अध्यक्ष हुन् । त्यस्तैं, सचिव भट्टराई यसअघि पनि जिल्ला कमिटी झापाका सचिवको जिम्मेवारीमा थिए ।
त्यस्तैं, भाष्कर घिमिरे, पशुराम शंकर, श्रीप्रसाद सिटौला, गोपी अधिकारी, प्रेमसागर सापकोटा, सानुकुमार लामा, खगेन्द्र बाराकोटी, ज्ञानेन्द्र निङ्लेकु सुब्बा, टीका प्रसाई, अनिलदेब राई र मदन खतिवडा रहेको कार्यालय कमिटी गठन गरिएको छ ।
यता, जिल्ला कमिटीका सवै पदाधिकारीहरु, कार्यालय सदस्यहरु र जिल्लास्थित सवै पालिका कमिटीका अध्यक्षहरु, र इन्चार्जहरु रहेको सचिवालय कमिटी गठन गरिएको सचिव बिपी भट्टराईले जानकारी दिनुभयो । सचिव भट्टराईका अनुसार जिल्ला कमिटी झापाले गठन गरेको पदाधिकारीहरु, कार्यालय कमिटी र सचिवालय कमिटीको नामसहित कोशी प्रदेश कमिटीमा अनुमोदन गर्न आग्रह गरिने भएको छ ।
सचिव भट्टराईले पार्टीको आसन्न १०औं महाधिवेशन र जिल्ला अधिवेशनका लागि सञ्चालन गरिने गतिविधीहरुलाई तीब्र बनाइने समेत निर्णय भएको छ । १०औं महाधिवेशन काठमाण्डौंमा हुने भएको छ ।
बिर्तामोडस्थित पार्टी जिल्ला कार्यालयमा सम्पन्न बैठकमा जिल्ला कमिटी झापाका इन्चार्ज पुृष्प पोख्रेल, केन्द्रीय सदस्य तथा दुई महिने संगठन सुढृढिकरण अभियानका लागि झापा अभियान्ता धर्मराज पौडेल, केन्द्रीय सदस्य नीलमणी बराल, शारदा शर्मा, चन्द्रा श्रेष्ठ, केन्द्रीय परिषद सदस्य तारा ल्वागुनको उपस्थिति थियो ।
