एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल

काठमाडौँ, २१ चैत–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनतालाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम तय गर्नुपर्ने बताउनु भएको छ।

‍मंगलबार समाजवादी मोर्चाले काठमाडौँमा आयोजना गरेको ‘नेपाली विशेषताको समाजवाद’ विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले जनतालाई विश्वासमा नलिई समाजवादी र वामपन्थी शक्ति अगाडि बढ्न नसक्ने बताउनु भयो।

कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताभित्र देखापरेको भ्रष्टीकरण, चरम व्यक्तिवादी अवसरवादको रोग देखिएको उल्लेख गर्दै समाज बदल्ने अगुवा भनिएकाहरू नै भ्रष्ट भएकामा पूर्वप्रधानमन्त्री नेपालले चिन्ता व्यक्त गर्नुभयो।

विकास र समृद्धिका लागि कुनै विषयले बाधा पुर्‍याएको खण्डमा त्यसलाई सुधार गरेर जानुपर्नेमा जोड दिँदै उहाँले आवश्यक परेको खण्डमा संविधान पनि संशोधन गर्नुपर्ने बताउनु भयो।

समय र समाजको गतिशीलतालाई बुझेर अगाडि बढ्नुपर्ने उल्लेख गर्दै पूर्वप्रधानमन्त्री नेपालले विकास, समृद्धिको यात्रालाई अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो।

निर्वाचन प्रणालीमा देखिएको विकृतिको अन्त्य गर्नु जरुरी रहेकामा जोड दिँदै उहाँले आमरूपमा उठेको विषयलाई संवाद र छलफलका माध्यमबाट निष्कर्ष निकाल्नुपर्ने बताउनु भयो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *