गोविन ल्वागुन/झिलझिले, २१ चैत–झापाको झिलझिलेमा जारी नबीन राई स्मृति दोस्रो प्रदेश स्तरीय भेट्रान फुट्बल प्रतियोगिताको फाइनलमा आयोजक रातो र पुर्बेली भेट्रान क्लब बिर्तामोडबीच हुने भएको छ ।

आज भएको दोस्रो सेमिफाइनल खेलमा दमक(लखनपुर–भेट्रान क्लबलाई २(० को गोल अन्तरले पराजित गर्दै पुर्बेली भेट्रान बिर्तामोडले फाइनलको यात्रा तय गरेको हो।

खेलको पहिलो हाफको ३०औं मिनेटमा पुर्बेली भेट्रानको तर्फबाट जर्सी नं ७ का सन्तोस राईले जर्सि नम्बर ९ का बिशाल राईको क्रस पासलाई उत्कृष्ट हेड मार्फत गोललाइ जालि चुमाउदै खेल १ (० को अग्रता बनाए ।

निक्कै रोमान्चक र प्रतिस्पर्धात्मक भएको खेलको इन्जुरी समयमा पुर्बेली भेट्रानका जर्सि नम्बर ११ का बुद्ध लिम्बुले गोल गर्दै गोलको अग्रता दोब्बर बनाए । अन्ततः खेल पुर्बेले भेट्रानले २–० ले जित्न सफल भयो । यसअघि नै आयोजक रातो फाइनलमा प्रवेश गरि सकेको छ । आयोजक रातोले सिबिसी चन्द्रगडीलाइ पराजित गरेको थियो ।

आजको खेल्को म्यान अफ द म्याच बिजेता टिमका जर्सि नम्बर १२ मोहन गुरुङ घोषित भए । गुरुङले नगद २ हजार सहित मेडल प्राप्त गरे ।

प्रतियोगिता झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठानको खेलमैदानमा सञ्चालन भइरहेको छ । प्रतियोगिताको विजेता टिमले नगद ७१ हजार र उपविजेताले नगद ४१ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । फाइनल खेल २३ गते शुक्रवार हुने खेल संयोजक जसु कुलुङ राईले जानकारी गराए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *