काठमाडौं, २२ चैत–काठमाडौंको देविनगरबाट गायक राजेशपायल राईसहित ६ जना पक्राउ परेका छन्।

गएराति २ बजे काठमाडौंको मदनभण्डारी कलेजनजिकैबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। मदिरा पिएर होहल्ला र झैझगडा गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले होहल्ला नगर्न आग्रह गर्दा सरुवा गर्ने धम्की दिएपछि उनीहरुलाई पक्राउ प्रहरी वृत्त बानेश्वरले जनाएको छ। उनीहरुलाई अहिले बानेश्वरको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *