सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था

चारपाने (बिर्तामोड), २१ चैत–बिर्तामोडस्थित चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २९औं स्थापना दिवस चार दिवसीय कार्यक्रमका साथ मनाउँदैछ ।

स्थापना दिवसको अवसरमा आज भएको उद्घाटन समारोहमा डा।योगी विकाशानन्दको साथमा जीवन बदल्ने कार्यक्रम र ऐतिहासिक फोटो पर्दशनी गरिएको छ ।

संस्थाका अध्यक्ष हरिबहादुर राजवंशीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि पूर्व उपप्रधान मन्त्री प्रकाशमान सिंह रहनुभएको थियो । कार्यक्रममा शुभकामना मन्तव्य राख्नुुहुँदै उहाँले सहकारीले जसरी नै राजनीतिक दलहरुले जनताको जीवनस्तर उकास्ने गतिविधि गर्नुपर्नेमा जोड दिनुभयो । मुलुककै ठूलो सहकारी सहाराले जसरी सफलता प्राप्त त्यसको सिको गरेर राजनीतिक दलहरुले पनि सहकार्य गर्दै मुलुक निर्माणमा लाग्नुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा संस्थाका कार्यकारी प्रमुख महेन्द्र गिरीले संस्थाको समग्र गतिविधिका बारेमा जानकारी गराउनु भएको थियो । उहाँले चालू आवको फागुन मसान्तसम्म संस्थाको सदस्य संख्या १ लाख ६९ हजार १ सय ९२, सेवा केन्द्र ८१, शेयर पुँजी १ अर्ब ६८ करोड ११ लाख ५६ हजार ७ सय, बचत १२ अर्ब १९ करोड, ७४ लाख २१ हजार ९५७, ऋण लगानी १० अर्ब ८१ करोड ६८ लाख ९ सय १२, जगेडा तथा अन्यकोष १ अर्ब २४ करोड २ लाख १७ हजार ४ सय ३० र वासलात १६ अर्ब ६ करोड ४३ लाख ६६ हजार ८ सय ११ रहेको जानकारी दिनुभयो ।

संस्थाको उपाध्यक्ष हरिप्रसाद निरौलाले स्वागत गर्नुभएको कार्यक्रममा नेफ्स्कुनका अध्यक्ष चन्द्र ढकाल, नेपाली कांग्रेस झापा सभापति देउमान थेवे, पूर्व कृषि मन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता झलकसिंह दर्लामी, राप्रपा झापा अध्यक्ष केशव ओझा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा मनोक्रान्ति प्रवर्तक डा।योगी विकाशानन्दले जीवनलाई कसरी सफल बनाउने–बदल्ने भन्ने बारेमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रमको सञ्चालन पत्रकार केशव भट्टराईले गर्नुभएको थियो ।

स्थापना दिवस अन्तरगत चैत २२ र २३ गते युवा लक्षित कार्यक्रम ९सुपर लनिङ० र २४ गते तनाव व्यवस्थापन र वृहत स्वास्थ्य शिविर कार्यक्रमको आयोजना हुने संस्थाले जनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *