पथरी शनिश्चरे (मोरङ), २२ चैत–मोरङको पथरी शनिश्चरेको डम्पिङ साईडमा पक्राउ गरेको पिकअपको फोहोर आज डिस्पोज गरिएको छ । चैत्र २० गते नगर प्रहरीको गस्तीले राति ९ः४५ बजेको समयमा को २ च ३३२२ नम्बरको अस्पतालको फोहोर बोकेको पिकप नियन्त्रणमा लिएको थियो । पिकअप नियन्त्रणमा लिई अनुसंधान गर्दा विर्तामोडमा अवस्थित विर्ता सिटी अस्पतालबाट सो फोहार ल्याइएको खुल्नमा आएको छ ।

झापा विर्तामोड निवासी लोला मल्लिकको नाममा दर्ता रहेको सो गाडी रातको समयमा नगर प्रहरीले पथरी डम्पीङ साइटमा फोहोर मैला अनलोड गर्ने तयारी गर्दै गर्दा नियन्त्रणमा लिएको थियो ।

डम्पीङ साइटमा आगो लगाएर स्थानीयवासीलाई समस्यामा पार्ने गरेको हुनाले त्यसलाई रेकी गर्न टोली परिचालन हुँदा उनीहरुलाई पक्राउ गरिएको हो ।
गाडी चालक विनोद थारु र सहचालक शुशिल चौधरी पनि नियन्त्रणमा लिएर छोडिएको पथरी शनिश्चरे नगरपालिकाको वातावरण तथा फोहोर मैला व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र राईले बताउनुभयो ।

अस्पतालबाट निस्किएको फोहोर मैला कुनै पनि डम्पीङ साइटमा छोड्न नहुने र सिर्जित फोहोरलाई डम्पिङ साईड लानु पूर्व अटोक ल्यावमा हिट दिएर स्टेजलाईजेसन गरेर मात्र डम्पिङ साईडमा लानुपर्ने पथरीशनिश्चरे नगरपालिका स्वस्थ्य शाखा प्रमुख मुरारी आचार्यले जानकारी दिनुभयो ।

फोहोरमैला व्यवस्थापन ऐन २०६८ का अनुसार यस्ता किसिमका गतिविधि गर्नेलाई ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुन सक्नेछ । यस्तै, डम्पिङ साईडमा यस्ता किसिमको फोहोर फ्याली त्यसमा आगजनी गरेर छाड्ने गरेकाले नगरवासी, विशेषगरी १ नम्बर वडावासीहरू प्रत्यक्ष असरमा पर्ने गरेको स्थानीय अगुवा धनकुमार तामाङले जानकारी दिनुभयो ।

पथरी शनिश्चरे नगरपालिकाको सरसफाईमा कार्यरत एक कर्मचारीको संलग्नता हुनसक्ने रहेको बताउदै प्रमाण पुगे कारबाही प्रक्रिया अगाडि बढाउने फोहोर मैला व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र राईले जानकारी दिनुभयो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *