दमक, २२ चैत–नेकपा (एमाले) झापाको अध्यक्षमा प्रेम गिरी सर्वसम्मत चयन भएका छन् । पार्टीको ११औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा गिरी सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक टङ्क दङ्गालले जानकारी दिए । निर्वाचित कमिटीलाई आज (विहिबार) औपचारिक रुपमा घोषणा गरिएको निर्वाचन कमिटीले बताएको छ ।

पार्टी जिल्ला कमिटीको उपाध्यक्षमा शिवकुमार ढुङ्गेल, सचिवमा तुलसी कार्की, उपसचिवमा असारु राजवंशी, महिला उपसचिवमा अनिता कन्दङ्वा सर्वसम्मत चयन भएको संयोजक दङ्गालले जानकारी दिए ।

जिल्लामा अधिवेशनबाट एक सय ४९ सदस्यीय समिति सर्वसम्मत चयन गरिएको छ । पार्टीका झापा इञ्चार्ज तथा पोलिटब्यूरो सदस्य विशाल भट्टराईका अनुसार पदाधिकारी पाँच, १५ वटा पालिकाबाट एक सय १०, खुला सदस्य १५, आदिवासी जनजातिबाट पाँच, दलितबाट पाँच, अल्पसङ्ख्यक मधेसीबाट तीन, मजदुरबाट पाँच र अपाङ्गबाट एक गरी एक सय ४९ जना सर्वसम्मत चयन भएका हुन् । चयन भएको समितिलाई विहिबारनै शपथग्रहण गराइएको छ ।

उनले बाँकी १० प्रतिशतलाई पार्टीको पहिलो बैठकले मनोनित गर्ने जानकारी दिए । घोषणा तथा सपथ ग्रहण कार्यक्रममा नेताहरु हिक्मत कार्की, बिशाल भट्टराई, देवेन्द्र दाहाल, रविन कोइराला, रोमनाथ ओली, जसमाया जगमेर, इन्द्र भण्डारी, मेनुका काफ्ले, जलवर्षा राजवंशी लगायतले मन्तव्य राखेका थिए ।

अधिकांश नेताहरुले झापाले सर्वसम्मत गरेर देशव्यापारी सकारात्मक सन्देश दिएको बताएका थिए । झापामा सर्वसम्मत गरेर एकताको सन्देश दिएको नेताहरुको भनाई थियो ।अधिवेशनको उद्घाटन चैत १५ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *