मोहन बगाले थापा

दमक, २३ चैत–फेसबुकमा कमेन्ट गरेको निहुँमा विद्यार्थी कुट्ने झापाको कमल गाउँपालिका (५ पाडाजुंगीस्थित मंगलमय माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहन बगाले थापा विरुद्ध दमक प्रहरीले मुद्धा चलाएको छ ।

प्रहरीको नियन्त्रणमा रहेका उनी विरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्धा चलाएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक निशान थापाले जानकारी दिए । शुक्रवार उनलाई जिल्ला अदालत झापामा पुरयाँएर पाँच दिनका लागि म्याद थप गरिएको प्रनाउ थापाले जानकारी दिएका छन् ।

प्रअ बगालेको कुटाईबाट पीडित भएकी विद्यार्थीका परिवारले प्रहरीमा कारवाहीको माग गदैं उजुरी दर्ता गरेका थिए । उजुरी लगत्तै उनलाई नियन्त्रणमा लिएर घटनाका बारे थप अनुसन्धान भईरहेको प्रनाउ थापाले बताए ।

कमलका दलहरुद्धारा कारवाहीको माग
नेपाली कांग्रेससहितका विभिन्न ६ वटा राजनीतिक दलहरुले विद्यार्थी माथि अभद्र व्यवहार गर्ने प्रअ वगालेलाई कारवाही गर्न माग गरेका छन् ।शुक्रवार संयुक्त विज्ञप्ति निकालेर कमल (५ स्थित मंगलमय माविकी कक्षा ११ मा अध्ययनरत छात्रा निर्जला बाँस्कोटालाई फेसबुक कमेन्ट गरेको निहुँमा कुटपिट गर्ने प्रअ बगालेलाई हदैसम्मको कारवाहीको माग गरेका हुन् । कमल गाउँपालिका बालमैत्री घोषणा भईसकेको अवस्थामा प्रअ बगालेको यस्तो अमानवीय हर्कत खेदजनक भएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

विज्ञप्तिमा कांग्रेसका खगेन भण्डारी, माओवादी केन्द्रका रविन गुरुङ, राप्रपाका युवराज खड्का,संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका तेजु आङदेम्बे, जनता समाजवादीका प्रेम राई, राष्ट्रिय स्वतन्त्र पार्टीका केदार चापागाई लगायतले हस्ताक्षार गरेका छन् । विज्ञप्तिमा भनिएको छ,–‘विद्यार्थी कुटपिटको घटना बारम्बार आईरहेकाले उनलाई प्रचलित कानुन अनुसार हदेसम्मको कारवाही गर्न माग गर्दछौ ’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *