काठमाडौं, २३ चैत–नेपाली राष्ट्रिय फुटबल टिमको फिफा वरीयता खस्किएको छ। लगातार खराब प्रदर्शन गरिरहेको नेपाल तीन स्थान तल झरेको हो।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको वरीयतामा नेपाल एक सय ७८ औँ स्थानमा पुगेको हो।

यसअघि नेपाल १ सय ७५ स्थानमा थियो। फिफा विश्वकप छनोटमा खराब प्रदर्शनलाई जारी राख्दा त्यसको असर वरीयतामा परेको हो।

नेपालले पछिल्लो पटक विश्वकप छनोटमा बहराइनसँगको दुवै लेगमा हार बेहोरेको थियो। दक्षिण एसियामा नेपाल तेस्रो स्थानमा रहँदा भारत सबैभन्दा माथि १ सय २१ औँ स्थानमा छ। तर भारत पनि चार स्थान तल झरेको छ।

मालदिभ्स १ सय ६१, बंगलादेश १ सय ८४, भुटान १ सय ८५,पाकिस्तान १ सय ९५ र श्रीलङ्‍का २ सय चार स्थानमा छ।

वरीयताको शीर्ष स्थानमा अर्जेन्टिना र दोस्रो स्थानमा फ्रान्स यथावत् छन्। इङ्ल्यान्डलाई उछिन्दै बेल्जियम तेस्रो स्थानमा आइपुगेको छ। पोर्चुगल एक स्थान सुधार गर्दै पाँचौंमा र ब्राजिल छैटौँ स्थानमा कायमै रह्यो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *