इलाम, २४ चैत–नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको परिकल्पनामा अघि सारिएको मदन भण्डारी राजमार्ग निर्माणको कामले तीव्रता पाएको छ।

नेता खनालले चुरे क्षेत्रका जनताको जीवनस्तर उठाउनका लागि परी कल्पना गर्नुभएको मदन भण्डारी राजमार्ग निर्माणको कामले तीव्रता लिएको खनालको निजी सचिवालयले जानकारी दिएको छ।

बिहिबार राजनीतिक तथा सामाजिक कार्यक्रमको सिलसिलामा झापा(इलाम पुगेका खनालले निर्माणाधिन मदनभण्डारी राजमार्गको अर्जुनधाराबाट पाटापुर क्षेत्रको अनुगमन गर्नु भएको छ।

उक्त क्रममा ठाउँठाउँमा सरोकारवालाहरूको समूहले स्वागत अभिवादन व्यक्त गर्दै राजनीतिक तथा आफ्नो क्षेत्रको विकासबारे नेता खनालसँग छलफल र अपेक्षासमेत राख्नु भएको छ।

यसै क्रमामा नेता खनालले साँघुटार शान्तिपुर तिलहरे सडक, हाँसपोखरी सारुपाखा बहुवन सडक हर्कटे रम्याङ निन्दा सडक र मेची करिडोर ९सिमा सडक० कोसमेत चासो राख्नु भएको छ।

मदन भण्डारी राजमार्गलाई चुरे क्षेत्रको पीछडिएको गाउँ वस्तीका निम्ति उज्ज्वल भविष्य निर्माण गर्ने महत्वपुर्ण योजना भएको बताउनु भयो।

नेता खनालले राष्ट्रिय महत्वका योजनामा राजनीतिक र व्यक्तिगत स्वार्थभन्दा माथी उठेर काम गर्नु पर्नेमा जोड दिनुभयो।

वहाँले सडक निर्माणको क्षेत्र भित्र नम्बरिङ गरिएका रुख हटाउन, तिरिङ खोलामा र मेचिखोलामा पुल निर्माण लाई प्रकृयामा लान र पाटापुरलाइ बसपार्कलगायत आधुनिक सहरमा रुपान्तरण गर्न आफुबाट पहल गर्ने बताउनु भयो।

सोही क्रममा भृकुटी र भावना चोकको बिचमा पर्ने निन्दा खोलाको पक्किपुल निर्माण सम्बन्धी भर्खरै वहाले नै सिफारिस गर्नु भएको योजनाको चासो राख्नु भएको थियो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *