दमक, २४ चैत–दमकमा समाजिक संस्था जीवन चक्र समाजले आउदै गरेको नयाँ वर्ष २०८१ सालको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । समाजिक क्षेत्रमा सक्रिय देखिदै आएको समाजिक संस्था जीवन चक्र समाज नेपालले दमकमा रहेका विभिन्न संघसंस्थाहरुको उपस्थितिमा आज (शनिबार) बिहान २०८० सालको बिधाई तथा आउदै गरेर्को २०८१ सालको स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाका उपाध्यक्ष बेनुराज प्रसाईको संयोजकत्वमा भएको सो कार्यक्रममा प्रमुख अतिथि जेष्ठ अभिभावक छविरमण न्यौपानेले ब्यानर वाचन गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । साथै समाजिक ब्याक्तित्व दुर्गा काफ्ले, राजकुमार खड्का,डा.लेखनाथ न्यौपाने राजु निरौला, पत्रकार डिकेन्द्र बस्नेतले शुभकामना मन्तब्य राख्नु भएको कार्यक्रममा स्वागत मन्तब्य लक्की शिटौलाले राख्नुभएको थियो ।

जीवन चक्र समाजका सचिव गणेश प्रधानले कार्यक्रम संचालन गर्नुभएको थियो । कार्यक्रममा संस्थाका गतिविधिहरुलाई संस्थाका अनुसासन् संयोजक वासुदेव काफ्लेले प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा बिभिन्न संघ संस्था समाजिक क्षेत्र तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो कार्यक्रम समिति संयोजक डिल्ली प्रसाद अधिकारीले अब आउदा दिनहरुमा जीवन चक्र समाज नेपालका कार्यक्रमहरु ससक्त ठंगले प्रस्तुत हुने बिषयमा बोल्नुभएको थियो ।

संस्थाका अध्यक्ष गणेश प्रसाद गौतमले कार्यक्रमको बारेमा प्रस्ट पार्नुभएको थियो भने सोकार्यक्रमका संयोजक संस्थाका उपाध्यक्ष बेनु प्रसाईले उपस्थित सबैमा शुभकामनासहित कार्यक्रमको समापन गर्नु भएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *