पाउ पाथीभरा

चाराआली (झापा), २४ चैत –झापा मेचीनगरको चाराआलीस्थित पाउ पाथीभरा मन्दिर परिषरमा श्रीमद् बाल्मिकीय रामायण नवाह ज्ञान महायज्ञ आयोजना हुने भएको छ ।

समाजमा धार्मिक सहिष्णुता कायम गर्दै मानव कल्याणल र शान्तिका लागि धार्मिक धामको सुदृढ व्यवस्थापन होस् भन्ने उद्देश्यका साथ रामनवमीको अवसरमा महायज्ञ आयोजना हुने भएको हो । पाउ पाथीभरा उत्तरगङ्गा प्रवेशद्वार पर्यटन प्रवद्वन समितिको आयोजनामा हुने महायज्ञमा पाठ–पारयण, एवं भजन कृतन तथा झाँकी सहितको नवाह महायज्ञ आगामी चैत २७ गते देखि वैशाख ५ गते बुधबारसम्म गर्न लागिएको पुराण व्यवस्थापन समितिका संयोजक तिलक प्रसाद गिरीले जानकारी दिनुभयो ।

समाजमा धार्मिक सहिष्णुता कायम गर्दै मानव कल्याणल र शान्तिका लागि धार्मिक धामको सुदृढ व्यवस्थापन साथै संस्थालाई दीगो रुपमा सञ्चालन गर्दै पूर्वीय वैदिक सभ्यता र संस्कृतिको अध्ययन–अनुसन्धान गर्ने स्थलको रुपमा विकसित गर्ने लक्ष्य पुरा गर्न साथै विश्व शान्तिको कामना, राजनीतिक स्थायित्व र महामारी, विपत्ति नआओस् भन्नका लागि महायज्ञको आयोजना गर्न लागिएको पुराण व्यवस्थापन समितिका संयोजक गिरीले जानकारी दिनुभयो ।

महायज्ञ सम्पन्न गर्न १ सय १ मुल आयोजक समिति गठन गरेको र विभिन्न १५ वटा उपसमिति निर्माण गरि तयारीलाई तिव्रता दिएको प्रचारप्रसार समितिका संयोजक यामनाथ दाहालले जानकारी दिनुभयो । हरेक वर्ष पाउपाथीभरा मन्दिर परिषरमा ज्ञान महायज्ञ आयोजना हुने गरेको यसकै निरन्तरता स्वरूप नवाह महायज्ञ आयोजना गर्नलागेको र यसको सम्पूर्ण तयारी पूरा भएको आर्थिक समितिका संयोजक प्रकाश बास्तोलाले जानकारी दिनुभयो ।

महायज्ञ सम्पन्न गर्न करिब १५ लाख रुपैयाँँ खर्च लाग्ने अनुमान गरिएको संयोजक बाँस्तोलाले बताउनुभयो । महायज्ञको कथा वाचन पं। शान्तिराम नेपाल र पाठ पारायण पं। गायत्री दाहालबाट हुनेछ । महायज्ञ सम्पन्न गर्न आर्थिक एवम् विभिन्न सहयोग गर्न आयोजक समितिले आग्रह गरेको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *