सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा

बिर्तामोड, २७ चैत–संघीय सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा झापा आउने भएकी छन् । नेकपा माओवादी केन्द्र) निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) क्रान्तिकारी जिल्ला भेलाको उद्घाटन गर्नका लागि सञ्चार मन्त्री शर्मा झापा आउने भएकी हुन् ।

अनेमसंघ झापाको जिल्ला भेला बिर्तामोडस्थित सिटी सेन्ट्ररमा आयोजना हुदैछ । भेलाको उद्घाटनका लागि मत्ती शर्मासहित केन्द्रीय नेताहरु झापा आउने तयारी रहेको अनेमसंघ कान्तिकारी झापाकी अध्यक्ष समेत रहेकी कोशी प्रदेशसभाकी सदस्य माननीय बन्दना झाँगडले बताइन् ।

मन्त्री शर्मा पहिलोपटक झापा आउन लागेकी हुन् । भेलाले अनेमसंघ झापाको जिल्ला भेलाले नयाँ नेतृत्वसमेत चयन गर्ने भएको छ ।

कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको प्रदेश सांसदसमेत रहेकी झापा अध्यक्ष बन्दना झाँगडले बताइन् ।

झापाका १५ वटै पालिकामा रहेका अनेम संघका पालिका कमिटीहरूले तयारी तीव्र पारिएको छ । भेलाको सम्पूर्ण तयारी पुरा भएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *