दमक, २७ चैत–दमकस्थित लाइफलाइन अस्पतालसँगै जोडिएका तीन घरमा मंगलबार साँझ करिब ७ बजेतिर लागेको आगो नियन्त्रणमा आएको छ ।

अस्पतालको डाइलोसिस सेन्टर भएको भवनसँगै जोडिएको एक घरमा सञ्चालित होटलमा मच्छड धपाउन बालिएको अण्डा राख्ने क्यारेटबाट लागेको आगो दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोमा करिब ८।३० बजे पूर्ण रुपमा निभाइएको हो ।

स्थानीय एक महिलाका अनुसार त्यहाँ मच्छड धपाउन बालिएको क्यारेटबाट सल्किएको आगो छेउमा रहेको कपडामा सल्किदा सो घटना हुन गएको हो ।

आगो निभाउन छिमेकी जिल्ला उर्लाबारीसहित दमक, कमल, पथरीशनिश्चरे, गौरादह लगायतबाट ६ वटा वारुण यन्त्रसहित अग्नी नियन्त्रक टोली परिचालन गर्नुपरेको थियो ।

आगलागीबाट तीन वटै घर ति घरमा सञ्चालित होटल तथा पसलहरुमा क्षति पुगेको छ । आगलागीबाट भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *