दमक, २७ चैत–पातञ्जल योग समिति दमकले चतराधाममा शुरुभएको महा कुम्भ मेलाको उद्धाटन सत्रमा आफ्नो सहभागीता देखाएको छ । पातञ्जल योग समिति दमकका चालीस भन्दाबढी योग साधकहरुले आफ्नो पहिचानसहित उक्त कार्यक्रममा सहभागीता जनाएका हुन ।
उक्त कार्यक्रममा पातञ्जल योग समितिका केन्द्रिय महासचिव होमनाथ गौतम,केन्दिय सदस्त हेमन्तादेवी गजुरेल, कोशी प्रदेश अध्यक्ष जी पि तिवारी, काशी प्रदेश महिला उपाध्यक्ष लिलावन भारती, प्रदेश सचिव लोकनाथ गजुरेल, दमक नगर अध्यक्ष अम्मर बहादुर बस्नेत लगायतको उपस्थिति रहेको थियो ।
पातञ्जल योग समिति नेपालले महाकुम्भ मेलामा दैनिक रुपमा निशुल्क योग शिविर सञ्चालन गर्ने केन्द्रीय महासचिव होमनाथ गौतमले बताए ।
उनका अनुसार यो शिविर चैत्र २८ गतेदेखि बैशाख २७ गतेसम्म सञ्चालन हुनेछ । बाह्रबर्षे महाकुम्भ मेला यही चैत्र २७ गतेबाट शुरुभएको हो । कुम्भमेलाको उद्धाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरेका थिए । जगतगुरु बालशन्तको सकृयतामा यो कुम्भ मेला शुरुभएको हो ।
