सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा

दमक, २८ चैत–संघीय सरकारका सञ्चारमन्त्री एवं प्रवक्ता रेखा शर्माले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएकी छन् ।

प्रेस सेन्टर नेपालको झापा शाखाद्वारा बुधबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएकी हुन् । वर्तमान व्यवस्था विरोधीतर्फ लक्षित गर्दै मन्त्री शर्माले भनिन्, ‘संविधानको व्यवस्थामा परिवर्तन गर्न संसद्मा दुई तिहाई बहुमत पुर्याउनुपर्छ ।’

राजतन्त्रको पक्षमा सरकार नरहेको स्पष्ट पार्दै उनले नेपाली जनता पनि राजतन्त्रको पक्षमा नरहेको ठोकुवा गरिन् ।

‘अहिलेको गणतन्त्रमा राजतन्त्रको माग गर्न रोक लगाइएको छैन’ मन्त्री शर्माले भनिन्, ‘तर, कानून उल्लंघन र अराजकता मच्चाउने छुट कसैलाई पनि छैन, निषेधाज्ञा तोड्ने सबैलाई कानून अनुसार कार्वाही हुन्छ ।’

उनले इलाम–२ मा हुन लागेको उप–निर्वाचनमा विचार मिल्ने राजनीतिक शक्ति एमालेसँगको नयाँ सहकार्यका लागि नेकपा माओवादी केन्द्रबाट उम्मेद्वारी नदिईएको बताइन् ।

पत्रकार सम्मेलन प्रेस सेन्टर नेपाल झापा शाखाका अध्यक्ष राजु पाठकको अध्यक्षतामा भएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *