उर्लाबारी ,२८ चैत–मोरङको उर्लाबारी–२ स्थित लामपाते सिमसारको पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । सालबारी सामुदायिक वन उपभोक्ता समूहले संरक्षण गरेको सिमसार सो पोखरीमा साथीहरूसँग नुहाउन गएका ११ वर्षीय बालक सूर्य गौतमको नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय उर्लावारीका प्रहरी निरीक्षक देवेन्द्र दासका अनुसार मोरङको पथरीशनिश्चरे–१ हनुमानचोकमा हजुरबा हजुरआमासँग बस्दैआएका गौतम ९ जना साथीका साथमा पौडी खेल्न पोखरीमा पुगेका थिए । पथरीबाट ४ किलोमिटर पूर्वउत्तरमा रहेको पोखरीमा पौडी खेल्नेक्रममा उनको मृत्यु भएको दासले बताए ।

बालकको शव पोष्टमार्टमका लागि उर्लाबारीको मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरमा राखिएका र घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक दासले बताए ।

बालक पथरीमा रहेको पञ्चायत माध्यमिक विद्यालय कक्षा ५ मा अध्ययनरत थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *