सुरज रिङगालुङ राई

झिलझिले, २८ चैत–झापाको शिवासताक्षी–११ झिलझिलेका सुरज रिङगालुङ राईले शिबसताक्षी नगर खेलकुद विकास समितिका अध्यक्ष (संयोजक) को जिम्मेवारी पाएका छन् ।

लामो समयदेखि सामाजिक सेवासंगै नगरको खेलकुदको क्षेत्रमा सक्रिय युवा नेता रिङ्गालुङलाई नगरकार्यपालिकाद्धारा गठित नगर खेलकुद विकास समितिको अध्यक्ष (संयोजक) को जिम्मेवारी औपचारिक रुपमा प्रदान गरिएको हो ।

ब्याङडाडाँस्थित नगरपालिकाको कार्यालय आज एक कार्यक्रमबीच नगर प्रमुख मेघाहाङ थोप्रा र उपप्रमुख नरमाया कार्कीले रिङ्गालुङलाई खेलकुद विकास समितिको अध्यक्ष पदमा मनोनित गरेको पत्र हस्तान्त्रण गरिएको छ ।

युवा नेता रिङ्गालुङलाई नगर कार्यपालिकाको चैत २६ गतेको निर्णय अनुसार खेलकुद विकास समितिको संयोजक पदमा मनोनयन गरिएको नगरपालिकाले जनाएको छ ।

शिवासताक्षी नगर खेलकुद विकास समिति ( गठन तथा संचालन) कार्यविधि २०८–को दफा ३ (क) का आधारमा कार्यपालिकाको बैठकले रिङ्गालुङलाई संयोजक पदको जिम्मेवारी प्रदान गरेको हो ।

युवा नेता रिङ्गालुङ नेपाल खेलकुद महासंघ केन्द्रिय कमिटी सदस्य हुन् । रिङगालुङ युवा संघ नेपाल शिबसताक्षी नगरका पूर्व अध्यक्ष हुन् । त्यस्तैं, नेपाल रेडक्रस सोसाइटी शिबसताक्षी उपशाखाका कार्यसमितिका पूर्वसदस्य हुन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *