दमक, २९ चैत–राष्ट्रिय बहुमुखी सहकारी संस्थाले आज (बिहिबार) नयाँवर्ष २०८१ को भित्तेपात्रो सार्वजनिकसहित शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
दमक–८ सेतुमारीरोडस्थित संस्थाको आफनै सभाहलमा एक कार्यक्रमबीच संस्थाले बर्षेनी नयाँवर्षमा प्रकाशन गरिआएको भित्तेपात्रोको लोकापर्ण गरि शुभकामना आदान-प्रदान गरेको हो ।
संस्थाका अध्यक्ष लछुदास राई (एलडी) को अध्यक्षता तथा जिल्ला सहकारी संघका उपाध्यक्ष प्रेम कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष तुलाराम न्यौपाने, जिल्ला सहकारी संघ झापाका लेखा संयोजक चुडामणी ओझा, मेची बहुदेश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद वगाले, फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी दिलीप जवेगु,स्वर्णलक्ष्मी शाकोसका अध्यक्ष बिमल बराल, संस्थाका सल्लाहकार मेहरमान लिङदेन, समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य अनिलदेव राई लगायतले सहकारीको विविध विषयमा चर्चा गदैं नववर्षको शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष कृष्ण गोले, सहसचिव फूूलसरी राना, कोषाध्यक्ष टंक दुलाल, संस्थाका सल्लाहकारहरु क्याप्टेन बीबी राई, ऐमानसिंह लावती, इन्द्रमान चाम्लिङसहित सञ्चालक सदस्यहरु, कर्मचारीहरु र शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहकारी संस्था सञ्चालक समितिका सदस्य समेत रहनुभएका सूचना, सञ्चार तथा प्रकाशन उपसमितिका संयोजक विष्णु सुब्बाले स्वागत मन्तव्य र सञ्चालक समितिका सदस्य पारषमणी राईले सञ्चालन गर्नुभएको थियो ।
