झिलझिले, २९ चैत–ओएसिस एकाडेमीले आज भब्य कार्यक्रमबीच नतिजा सार्वजनिक तथा पुरस्कार बितरण गरेको छ । झापाको शिबसताक्षी–८ सृजना चौकस्थित ओएसिस एकाडेमीले शैक्षिक सत्र २०६० को नतिजा सार्वजनिक गर्नुका साथै उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार बितरण गरिएको हो ।

विहिबार, आयोजित कार्यक्रममा एकाडेमीका संस्थापक प्रिन्सिपल उदयप्रकाश राईले विद्यार्थीहरुलाई स्थानीयस्तरबाटै गुणस्तरीय शिक्षासहित स्वच्च र स्वास्थ्य बातबरणमा पठनपाठनको व्यवस्थानमा जुट्ने प्रतिवद्धता व्यक्त गनर््ुभयो । प्रिन्सिपल राईले आगामी शैक्षिक सत्र २०८१ लाई गुणस्तरीय शिक्षा वर्ष मनाउने योजना समेत सो कार्यक्रममा सार्वजनिक गुर्नभयो ।

त्यस्तैं, प्रिन्सिपल राईले शहर–बजा्रका सुविधा सम्पन्न र महङ्गो विद्यालयबाट पाउने शिक्षा ग्रामिण क्षेत्रमा स्थापना भएका स्थानीयस्तरका विद्यालयबाटै उपलब्ध गराउन ओएसिस एकाडेमीले चाहेको बताउनुभयो । वहाँले विद्यार्थिमैत्री कक्षाकोठा, सौचालय, लाईब्रेरी, खेलकुद मैदान, पिउने पानी र कक्षा कोठामा फर्निचरका सामाग्रीहरु लगायत अरु सेवा–सुविधा समेत प्रवन्ध हुने बताउनुभयो । अभिभावकको माग अनुसार यसै वर्षदेखि बिद्यालयका संगीत र गायन सम्बन्धिको कक्षा समेत सञ्चालन हुने प्रिन्सिपल राईले सो अवसरमा जानकारी गराउनुभयो । वहाँले विद्यालयबाट उपलब्ध हुने शिक्षाका बारेमा ढुक्क हुन अभिभावकहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा नर्सरीदेखि कक्षा–८ सम्मका नतिजा सार्वजनिक गर्नुका साथै उत्कृट हुने विद्यार्थीहरुलाई मेडल, प्रमाणपत्र र पुरस्कार बितरण गरिएको थियो । त्यस्तैं, विद्यालयले विभिन्न समयमा सञ्चालन गरिएको अतरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरुस्कार वितरण गरिएको छ ।

कार्यक्रमा झिलझिले माध्यमिक विद्यालयका शिक्षक प्रेम खड्का, शिक्षक नरप्रसाद उप्रेती, पत्रकार अनिलदेब राई लगायतले बिद्यार्थीहरुको उज्वल शिक्षाको लागि ओएसिस एकाडेमीले सञ्चालन गर्ने अभियानलाई शुभकामना व्यक्त गरेका थिए ।

एकाडेमीका लेखा प्रमुख मिना राईले स्वागत र शिक्षिका ताराले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । सो अवसरमा विद्यार्थीहरुले गीत र नृत्य प्रस्तुत गरेर अभिभावक, शिक्षक, शिक्षिका, विद्यार्थी र अतिथीहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *