लहेस फूल

–मुकेश कुमार यादव/सिरहा, १ बैशाख–प्रत्येक नयाँ बर्षको पहिलो दिन अर्थात बैशाख १ गतेमात्र फुल्ने फूल दर्शन गर्न बिहानैदेखि लहान नगरपालिकास्थित ऐतिहासिक धार्मिक तथा पर्यटकीयस्थल सलहेस फूलबारीमा सर्वसाधारणको ठूलो भिड लागेको छ ।

पूर्व पश्चिम राजमार्गसँगै जोडिएको लहान नगरपालीकाको १२ र २२ नम्वर वडामा अवस्थित धार्मिक तथा पर्यटकीय स्थल सलहेस फूलवारीमा आजकै दिन मात्र फुल्ने फूल दर्शन गर्न आउने दर्शनार्थीहरुको भिड लागेका हुन् । राजा सलहेसको ऐतिहासिक गाथा बोकेको सलहेस फूलबारीमा रहेको हारम जातको रुखमा फुल्ने फूल हेर्न नेपाल तथा भारतबाट हजारौंको संख्यामा प्रत्यक वर्षझैं यस वर्षपनि दर्शनार्थीहरु बिहानैदेखि भिडलाग्न थालेको सञ्चारकर्मीसमेत रहेका स्थानीय अनुभक्त चौधरीले जानकारी दिए ।

सलेहस गाथामा उल्लेख गरिएअनुसार सिरहाको महिसोथामा जन्मिएका लोक नायक सलहेश फूल टिप्ने र प्रणयस्थलको रुपमा यो फूलबारी रहेको मानिन्छ । आफ्नो क्षेत्रमा लोक नायकको रुपमा पूजिने राजा सलहेश र प्रेमिका मालिनीको प्रेम प्रतीकको रुपमा लिइने सुनाखरी फूलको माला हेर्न मानिसहरुको भिड लाग्ने गरेको मन्दिरका पूजारी जितेन्द्र सिंह धामी जानकारी दिए ।

उनका अनुसार तेह्रौं शताब्दीका लोकनायक सलहेश र विराट राजाकी छोरी मालिनीबीच प्रगाढ प्रेम सम्बन्ध रहेको तर, सलहेसले कारणवस अरुनै स्त्रीसँग विवाह गरेपनि उनीहरु विचको प्रेममा कुनै कमी नआएको भन्ने लोकोक्ति रहेको छ ।
सोही प्रेमको प्रतिकको रुपमा बैशाख १ सुनाखरीको फूल फुल्ने जनविश्वास रहेको छ । सलहेस तराईका पासवान जातीको इष्टदेव रहेको र तेह्रौ शताब्दीका लोक नायक भएकोले सलहेशको पूजाअर्चना गर्नाले मनोकाक्षां, सन्तान प्राप्ति, चर्म रोग, कुष्ट रोग लगायतका रोग ब्याधी हरण हुने जन विश्वास समेत रहेको छ । फूलबारीभित्र दुर्लभ जातीका जडीबुटीहरु समेत रहेको बताइन्छ ।

प्रत्येक वर्ष बैशाख १ गते एक जोडी माला आकारमा फूल्ने फूल राजा सलहेश र उहाँकी पे्रमिका मालिनीको पे्रम प्रतिकका रुपमा फूल्नेगरेको जनविश्वास छ । ती माला र मेला हेर्न सिरहा, सप्तरी, उदयपुर, सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही तथा भारतका निकटवर्ती गाउँहरुबाट सर्वसाधारणहरुको घुँइचो लागेका छन् ।

पर्यटकीय महत्व बोकेका विभिन्न दर्शनीयस्थलहरुमध्ये सिरहाको सलहेश फूलवारी अन्य दिन पर्यटकहरु पुग्ने गरे पनि आज नयाँ वर्षको दिन विशेष पूजा अर्चना गर्ने श्रद्धालु भक्तजनहरुको ठूलो भिड लाग्ने गरेको छ । हरेक वर्षको चैत मसान्त र वैशाख संक्रान्तिका बेला दुई दिन मात्र फुलेर मालाको आकार ग्रहण गर्ने सलहेशको सुगन्धका लागि निकै मानिस भेला हुन्छन् र ठूलो मेला पौराणिककालदेखि लाग्दै आइरहेको छ ।

सलहेस फूलवारी मेला व्यवस्थित गर्न यस वर्ष फूलबारी क्षेत्रत्रित्र सामानहरु बेच्न प्रतिवन्ध लगाएको छ । दर्शनार्थीहरुको सहजताको लागि फूलबारी क्षेत्रभन्दा बाहिरमा सबैलाई सहज हुने गरी सामान विक्रीका स्टलहरु निर्माण गर्न दिइएको मेला समितिले जनाएको छ । –न्यूज कारखाना

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *