दमक, १ बैशाख–नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड दमक शाखाले नव वर्ष २०८१ सालको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी दमक शाखा कार्यालयमा शुक्रबार एक कार्यक्रमबीच नव वर्ष २०८१ को अवसरमा शुभकामना आदानप्रदान गरेको हो । अभिकर्ता संघ दमक शाखाका अध्यक्ष नारायणप्रसाद भण्डारीको अध्यक्षतामा शुभकामना आदानप्रदान कार्यक्रम भएको हो ।

शुभकामना आदानप्रदान कार्यक्रममा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी दमक शाखाका एमडिआरटीहरु, अभिकर्ताहरु, कर्मचारीहरु र शुभेच्छुकहरुको सहभागिता थियो ।

कार्यक्रममा शाखाका अधिकर्ताहरु र कर्मचारीहरुबीच आपसी भाइचाराको सम्बन्ध, क्षमता अभिबृद्धि, अभिकर्ताहरुको पूनर्ताजकीसहित कम्पनीको समग्र व्यापार–व्यवसायको प्रगतिको टेवा पुर्याउन उदेश्यले कार्यक्रम आयोजना गरिएको शाखा प्रमुख सुमनकुमार थुलुङ राईले जानकारी दिए ।

कम्पनीका दमक शाखा प्रमुख सुमन कुमार थुलुङ राईका अनुसार अभिकर्ता संघ दमक शाखाका उपाध्यक्ष नारायण प्रसाद खरेल, गत आर्थिक वर्षका नेपाल प्रथम दमक निवासी टीका खरेल, संघका सचिव अर्जुनकुमार खालिङ राई, एमडिआरटी गोपाल काफ्ले, जसुदा लिम्बू शेर्मा, युवराज दंगाल, ध्रुबबहादुर अधिकारी, नन्दकुमार लिम्बू, पूर्ण सारु मगर, खग्रेन्द्र खनाल, पदमप्रसाद ढकाल, रिता राई शेर्मा, निशा राई, नुरा लिम्बू, कविता लिम्बू, तेजेन्द्र घिमिरे, रिता बुढाथोकी लगायत दमक शाखाका कर्मचारीहरुले शुभकामना आदानप्रदान गरेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *