शेरबहादुर देउवा

काठमाडौं, २ बैशाख–नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देशमा राजतन्त्र फर्काउने कुरा असम्भव रहेको बताएका छन्। आइतबार काठमाडौंमा स्व।सूर्यबहादुर थापाको नवौं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले अहिलेकै व्यवस्थालाई सुदृढीकरण गरेर जानुपर्ने बताए। उनले विगतमा बन्दुक उठाएकाहरुले पनि अहिले बहुदलीय व्यवस्था मानेर आएको उल्लेख गर्दै बहुदलीय व्यवस्थाको सुदृढीकरण आवश्यक रहेको बताए।

उनले भने, ‘बहुदलीय व्यवस्था मात्रै होइन, हुँदाहुँदा राजा नै गए। यो नेपालमा गणतन्त्र आएको छ, यद्यपि राजा फर्काउनुपर्‍यो भनेर मान्छेहरु हिँड्दै छन्। राजा फर्किन्छ भन्ने होइन। यही व्यवस्थालाई अझ समयको स्वीकार्य बनाएर लैजाऔँ। धेरै कुराहरु सुधार गर्न पनि सहमति हुनुपर्छ, दुई तिहाई चाहिन्छ। केही समस्या र कमी कमजोरी रहन्छन् भनेपनि सुधार गरेर जाऔँ। तर अब राजा फर्काउने कुरा असम्भव कुरा देख्छु मैले।’

सभापति देउवाले बहुदलीय व्यवस्था ल्याउनका लागि स्व।थापाको महत्वपूर्ण भूमिका रहेको बताए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *