दमक, २ बैशाख–झापाको बिर्तामोडमा आज सम्पन्न दोस्रो अन्तरपालिकास्तरीय तेक्वान्दो प्रतियोगितामा दमकका तीन जना खेलाडीले पदक जित्न सफल भएका छन् ।

दमक सगरमाथा तेक्वान्दोका प्रशिक्षार्थी खेलाडीहरु डेन्सु योगी, प्रिन्स राई र रेशु धिमालले अन्तरपालिकास्तरीय तेक्वान्दो प्रतियोगितामा पदक जित्न सफल भएका हुन् ।

सर्वोदय इङ्गिलिस स्कुलमा अध्ययनरत डेन्सु योगीले ४० केजीको तौलतर्फ कास्य पदक जितेकी हुन् । ४३ केजी तौलतर्फ प्रिन्स राईले रजत जित्न सफल हुँदा रेशु धिमालले ३७ केजीको तौलतर्फ कास्य पदक जित्न सफल भएका हुन् । धिमाल दमककै सर्वोद अंग्रेजी माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा हुन् ।

दमकका लागि पदक ल्याउने तीनै खेलाडीहरु दमकका आयोजना हुने तेक्वान्दो प्रतियोगितामा अब्बल क्षमता र प्रतिभाशाली खेलाडीहरु हुन् ।

पदक प्राप्त खेलाडीहरुलाई जिल्ला तेक्वान्दो संघ झापाका अध्यक्ष बाबुलल सुब्बा, वरिष्ठ प्रशिक्षक जितेन मेचे लगायतले मेडल, प्रमाणपत्र र पुरस्कार वितरण गरेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *